back

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

वि.सं.२०८२ कात्तिक २ आइतवार

174 

shares

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।

तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिए । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए ।

सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । “पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन”, तामाङले भने । पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए ।

बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् ।

पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले जानकारी दिए । उनको खोजीका लागि दूतावालले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए ।

वि.सं.२०८२ कात्तिक २ आइतवार १२:३१ मा प्रकाशित

Himalayan Life AD
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?

फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?

काठमाडौँ । राजनीतिक दलका नेताहरुले ‘जेनजी’ आन्दोलनका क्रममा लुटपाट भएका...

आन्दोलनमा भागेका अझै पाँच हजार कैदी कारागार बाहिरै

आन्दोलनमा भागेका अझै पाँच हजार कैदी कारागार बाहिरै

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट...

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती...

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल...

अन्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो मूल्य ?

अन्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो मूल्य ?

काठमाडौं । अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक...

किष्ट अस्पताल परिषर तनावग्रस्त

किष्ट अस्पताल परिषर तनावग्रस्त

काठमाडौं । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा...