back

गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा, आत्मदाह प्रयास प्रकरणको अनुसन्धान जारी

वि.सं.२०८२ कात्तिक २ आइतवार

957 

shares

काठमाडौँ । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनापछि गायक बाबुल गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार अनामनगरस्थित गिरीको स्टुडियोमा पौडेलले आत्मदाह प्रयास गरेकी थिइन्। सो क्रममा गिरी समेत सामान्य घाइते भएका थिए। उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालले उनलाई सोही दिन डिस्चार्ज गरेको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाह प्रयास प्रकरणबारे गिरीसँग विस्तृत रूपमा सोधपुछ भइरहेको छ।

प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि र कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

वि.सं.२०८२ कात्तिक २ आइतवार १४:४० मा प्रकाशित

Himalayan Life AD
संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने...

अफगानिस्तानसँग नेपाल पराजित

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप...

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । समित पटेल र मिलिन्द कुमारको अर्धशतकीय पारीसँगै अमेरिकाले...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक...

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

मन्त्रिपरिषद् विस्तारः दुई मन्त्रीको सपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली । छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको...