back

बक्यौता नतिर्ने उद्योगको लाइन आजैबाट काटिने

वि.सं.२०८२ कात्तिक २ आइतवार

1.2K 

shares

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेर पनि बक्यौता रकम नतिरेका उद्योगहरूको लाइन आज (आइतबार) काट्ने भएको छ ।

प्राधिकरणले बक्यौता तिर्न दिएको अन्तिम म्याद आज राति सकिँदै छ । कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार म्याद सकिएपछि बक्यौता नबुझाउने उद्योगहरूको जुनसुकै बेला लाइन काटिनेछ । प्राधिकरणले कात्तिक २ गतेसम्म बक्यौता तिर्न समय दिएको थियो, तर हालसम्म केवल ९ उद्योग मात्र सम्पर्कमा आएका छन् ।

बाँकी उद्योगहरूले अटेर गरेका कारण लाइन काट्ने तयारी भएको सिलवालले जानकारी गराएका हुन् । सिलवालका अनुसार , म्याद सकिनासाथ बक्यौता नतिर्ने उद्योगहरूको बिजुली आपूर्ति बन्द हुनेछ । हाल ३१ ठुला उद्योगले बक्यौता रकम नतिरेको प्राधिकरणको भनाइ छ। उद्योगीहरूले प्रमाणबिना रकम तिर्न नसक्ने भन्दै ऊर्जामन्त्री कुलमान घिसिङसँग म्याद थप, २५ प्रतिशत जरिवाना छुट र किस्ता अवधि बढाउन माग गरेका थिए ।

तर, मन्त्री घिसिङले जरिवाना छुट र म्याद थप गर्न नसकिने स्पष्ट पारेका छन् । यो कदमले उद्योगहरूलाई बक्यौता तिर्न दबाब बढ्ने देखिन्छ ।

वि.सं.२०८२ कात्तिक २ आइतवार १६:४९ मा प्रकाशित

Himalayan Life AD
‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय...

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा...

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन । चितवन जिल्ला कारागारबाट गत भदौ २५ गते ७४३...

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको...

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

  काठमाडौँ । महाराजगन्जमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा...

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय...