back

प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश : एकताबद्ध भई उज्यालो भविष्य निर्माणमा जुटौं

वि.सं.२०८२ कात्तिक ३ सोमवार

378 

shares

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न सबै नेपालीलाई आग्रह गरेकी छन्।

तिहार, म्हं पूजा, नेपाल संवत् नयाँ वर्ष ११४६ र छठलगायतका पर्वका अवसरमा जारी सन्देशमा प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई शुभकामना व्यक्त गरेकी छन्।

सन्देशमा भनिएको छ, “कठिन परिस्थितिमा एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो। तसर्थ कुनै पनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ।”

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन सरकार दत्तचित्त भएर लागेको बताएकी छन्। राजनीतिक संवाद र सुरक्षास्थिति सुधारका काम सन्तोषजनक ढङ्गले अघि बढिरहेको सन्देशमा उल्लेख छ।

सन्देशमा भनिएको छ, “फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी स्पष्ट छौँ।”

यस वर्षको परिवर्तनप्रतिको आकाङ्क्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “भदौको महान् जेनजी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पेको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता प्रकट गरेको छ। यसबीचमा जेनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार पनि भएको छ।”

दीपावलीको उज्यालोसँगै आउने यी पर्व आशा, विश्वास र समृद्धिका प्रतीक भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयका रूपमा यी पर्व मनाउने परम्परा रहिआएको बताएकी छन्।

 

वि.सं.२०८२ कात्तिक ३ सोमवार ०७:२१ मा प्रकाशित

Himalayan Life AD
‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

‘ट्रेडिसनल आर्चरी’मा नेपाल सहभागी

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय...

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा...

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन कारागारबाट भागेका १३९ कैदी अझै सम्पर्कविहीन

चितवन । चितवन जिल्ला कारागारबाट गत भदौ २५ गते ७४३...

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एघार हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको...

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

महाराजगन्ज प्रहरी हत्या प्रकरणमा थप पाँच जना पक्राउ

  काठमाडौँ । महाराजगन्जमा भएको प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा...

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

आइसिसी विश्वकप क्रिकेट लिगस् नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय...