back
CTIZAN AD

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति

वि.सं.२०८२ कात्तिक ३ सोमवार

942 

shares

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अभिवृद्धि गर्न प्रेरित गरोस् भन्ने कामना गरेका छन्।

तिहार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

सन्देशमा भनिएको छ, “नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो। हामीले मनाउने विभिन्न चाडपर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएका छन्। ती पर्वहरूमध्ये तिहार हिन्दूको महान् पर्वको रूपमा रहेको छ। यसले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने प्रयत्न गरेको छ।”

राष्ट्रपति पौडेलले तिहार पर्वलाई सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक महत्व बोकेको उज्यालो र प्रकाशको पर्वका रूपमा उल्लेख गरेका छन्। उहाँले तिहारका माध्यमबाट प्रकट हुने सांस्कृतिक अभ्यासले मानव जीवनमा प्रकाश छरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा अग्रसर रहन प्रेरणा दिन सकोस् भन्ने कामना गरेका छन्।

तिहारलाई यमपञ्चक पनि भनिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु आदिको पूजा गरी लक्ष्मी पूजाको दिनमा धनकी देवी लक्ष्मीको आराधना गरिन्छ। भाइटीकाका दिनमा दिदीबहिनी र दाजुभाइबीच टीका लगाई सद्भावपूर्वक पूजा अर्चना गरी हर्षोल्लासका साथ पर्व मनाइन्छ।

भाइटीका, म्हं पूजा र आत्मशुद्धिका चलनले प्रेम, स्नेह, सामाजिक एकता, समृद्धि, धर्म, दया र करुणाको सन्देश दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यी परम्पराले अन्धकारमाथि प्रकाशको विजयको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।

 

वि.सं.२०८२ कात्तिक ३ सोमवार ०७:२५ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...