back
CTIZAN AD

विपिन जोशी सधैं सबैको मनमा रहिरहने छन् : प्रधानमन्त्री

वि.सं.२०८२ कात्तिक ३ सोमवार

1.9K 

shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा निधन भएका नेपाली विद्यार्थी विपिन जोशी सधैं सबैको मनमा रहिरहने बताएकी छन् ।

जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री कार्कीले विपिनले आफ्नो देश मात्र होइन, इजरायली जनता र सरकारसमक्ष पनि नेपालको नाम उच्च बनाएको बताइन् । उनका अनुसार, “जोशीले असाधारण साहस देखाए, त्यसैले उहाँलाई बहादुर युवा भन्न सकिन्छ । यस्तो छोरा जन्माउने आमा र खोजीमा नथाक्ने बहिनी दुवैप्रति पनि सम्मान छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्रीले विपिनको शव नेपाल ल्याइएसँगै दुई वर्षदेखि खोजीमा रहेका तीन करोड नेपालीको आँखा रसाएको उल्लेख गरिन् । उनले भनिन्, “हामी सबैलाई लागिरहेको थियो– विपिन फर्कन्छन् । स्वागत गर्न तयारी पनि थियो, तर त्यो सपना अधुरो रह्यो । उहाँले चाहेको भए आफू बाँच्न सक्थे, तर साथीहरूलाई बचाउन खोज्दा अपहरणमा परे ।”

प्रधानमन्त्री कार्कीका अनुसार विपिनको साहस, त्याग र देशप्रेमले सारा नेपालीलाई गर्वित बनाएको छ । “विपिन जोशी सबैका छोरा हुन् । उहाँको बहादुरी सधैं स्मरणीय रहन्छ । विपिन कहिल्यै अस्ताउने छैनन्, उहाँ हाम्रो हृदयमा सधैं बाँचिरहने छन्,” उनले भनिन् ।

स्व. जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौं ल्याइएको हो ।

 

वि.सं.२०८२ कात्तिक ३ सोमवार १९:०८ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...