back
CTIZAN AD

प्रचण्डको सचिवालयबाट गंगा दाहालको राजीनामा

वि.सं.२०८२ कात्तिक ३ सोमवार

2.2K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले पार्टी सचिवालयको जिम्मेवारी छोडेकी छन् ।

गंगाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफू सचिवालयको जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन् । उनले निरन्तर आफूलाई देखाएर अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको उल्लेख गर्दै यस्तो अवस्थामा राजीनामा दिने निष्कर्षमा पुगेको बताएकी छन् ।

गंगाको भनाइअनुसार, यस्तो वातावरणमा सचिवालयमा रहिरहनुभन्दा अलग भएर पार्टी, बुवा र आन्दोलनका पक्षमा रहनु उचित हुने ठानेकी हुन् । उनले पार्टीप्रति निरन्तर प्रतिबद्धता व्यक्त गर्दै माओवादी केन्द्रकी कार्यकर्ताको रूपमा आजीवन क्रियाशील रहने बताएकी छन् ।

सचिवालयमा कार्यरत रहँदा नेता, कार्यकर्ता र नागरिकबाट प्राप्त साथ र सहयोगका लागि गंगाले सबैप्रति आभार प्रकट गरेकी छन् ।

वि.सं.२०८२ कात्तिक ३ सोमवार १६:३५ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...