back

असोजमा घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन

वि.सं.२०८२ कात्तिक ५ बुधवार

471 

shares

काठमाडौँ । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ््कलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो ।

चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार गत असोजमा सेवा कर रु २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर रु एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँले रु २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले रु ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ ।

यसैगरी मालपोत कार्यालय बुटवलले रु पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले रु दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौँले रु चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ । विभागका अनुसार सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।

वि.सं.२०८२ कात्तिक ५ बुधवार ०७:५४ मा प्रकाशित

Himalayan Life AD
झिलिमिली बत्तीले उज्यालो बनेको धरान : तिहारको रौनकले सहर नै चम्कियो

झिलिमिली बत्तीले उज्यालो बनेको धरान : तिहारको रौनकले सहर नै चम्कियो

  धरान, (सुनसरी) । ‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर...

आज तिहारको मुख्य दिन : भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच खुसी साटिँदै

आज तिहारको मुख्य दिन : भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच खुसी साटिँदै

काठमाडौँ । यमपञ्चकका रुपमा मनाइने तिहारको मुख्य दिन आज भाइटीका...

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कार्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हलि पूजा

कार्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो...

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

  काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको...