back
CTIZAN AD

आज बिहीवार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक ६ बिहीवार

1.3K 

shares

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विभिन्न अवसर आउनेछन्। कामको सन्दर्भमा महत्वपूर्ण व्यक्तिहरूसँग मित्रता बढ्ने सम्भावना छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सजिलो हुनेछ। नोकरी तथा व्यवसायमा लाभ हुनेछ। रुचिका क्षेत्रमा लगानी गर्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा जित प्राप्त हुनेछ भने विरोध गर्नेहरूले पछि हट्नेछन्। पराक्रमले अधिकार स्थापित हुनेछ। स्वास्थ्य सबल रहनेछ। व्यापारमा पनि राम्रो फाइदा हुने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बुद्धिको प्रयोगले लक्ष्य प्राप्त हुनेछ। पढाइमा राम्रो उपलब्धि मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा जित्ने मौका छ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी हुनेछ। पछि फाइदा हुने काम सुरु गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अवसर पाइए पनि परिस्थिति सोचेअनुसार नहुन सक्छ। हतारमा निर्णय नगर्नु राम्रो हुन्छ। आफ्ना कमजोरीमा अरूले टिप्पणी गर्न सक्छन्। साथीभाइको सहयोग जुट्नेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रयत्न गर्दा ठूला काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि मिल्नेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम सुरु गर्ने मौका मिल्नेछ। उद्योग र व्यापारमा लाभ हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा प्रगति हुनेछ। पहिलेका कमजोरी सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ। सम्मानित स्थान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। दिगो फाइदा हुने काममा सम्झौता गर्ने अवसर मिल्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहयोगीहरू भेटिनेछन्। रमाइलो जमघट हुनेछ। विगतको सफलताले नयाँ उत्साह ल्याउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मनग्य धन आर्जन हुनेछ। आफन्तसँग भेटघाटको मौका मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अकस्मात खर्च बढ्न सक्छ। व्यवसायमा थप लगानी गर्नुपर्ने अवस्था आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। विदेश जान चाहनेका लागि राम्रो समय छ। फाइदाका पछि लाग्दा सावधानी अपनाउनुपर्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेतको राम्रो फल पाइनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। व्यापारमा लाभांश बढ्नेछ। अध्ययनमा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रतीक्षित नतिजा अनुकूल आउनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिश्रम परे पनि समय फलदायी रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। पहिलेको सफलताले हौसला दिनेछ। मिहिनेतले समाजमा सम्मानित बनाउनेछ। लाभ उठाउने राम्रो अवसर छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिस्थिति अनुकूल बन्नेछ। मिहिनेतको फल पाइनेछ। साथीभाइको सहयोग जुट्नेछ। रचनात्मक काममा जुट्न सकिनेछ। नोकरी र व्यापारमा राम्रो फाइदा हुनेछ। नयाँ कामको जग बसाउने मौका छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। हतारमा निर्णय नगर्नु राम्रो हुन्छ। पढाइ र व्यापारमा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउने सम्भावना छ। दोहोर्याएर प्रयास गर्दा मात्र काम बन्ने देखिन्छ।

२०८२ कार्तिक ६ गते, बिहीवार
तिथि : द्वितीया
नक्षत्र : विशाखा
चन्द्रराशि : तुला

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ कात्तिक ६ बिहीवार ०७:१६ मा प्रकाशित

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...