back
CTIZAN AD

पदयात्रीको रोजाइमा ‘देवचुलीडाँडा’

वि.सं.२०८२ कात्तिक १६ आइतवार

570 

shares

त्रिवेणी (नवलपरासी) । पछिल्लो समय देवचुली नगरपालिका–६ स्थित ‘देवचुलीडाँडा’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पदयात्रा गर्न रुचि हुनेहरूको आगमन बढ्नुका साथै देचवुलीडाँडा जिल्लाकै प्रमुख पदयात्राको गन्तव्यसमेत बन्दै गएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको सबैभन्दा अग्लो डाँडाका रूपमा समुद्र सतहदेखि करिब एक हजार ९३६ मिटर उचाइमा पर्दछ । पर्यटकीय क्षेत्र देवचुलीडाँडाबाट सूर्योदयको मनमोहक दृश्य हेर्न आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नवलपुरसहित चितवन आसपासका क्षेत्रबाट पदयात्रामा रुचि राख्नेहरूको अहिले देवचुलीडाँडा रोजाइमा पर्न थालेको देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए ।

उनका अनुसार अहिले दैनिक २०–३० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । डाँडाबाट बिहान सूर्योदयको सुन्दर दृश्य, उत्तरतर्फका हिमाल, नवलपुर, तनहुँ, पाल्पा र चितवनका भूभाग अवलोकन गर्न पाउँदा आनन्द महसुस गरेको कावासोतीका वसन्त अधिकारीले बताए ।

“यहाँबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाले मन आनन्दित बनाउँछ”, उनले भने, “यस क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्न सबै बाह्य पर्यटकको रोजाइमा पनि पर्ने थियो ।” देवचुली डाँडाबाट दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भूभाग सहजै अवलोकन गर्न सकिने अधिकारीले जानकारी दिए । पूर्वाधार विस्तारसँगै पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न सकिने उनले धारणा राखे ।

छोटो दूरीको पदयात्रामा रमाउनेका लागि देचवुलीडाँडा उपयुक्त गन्तव्य बन्न सक्ने कावासोतीका प्रवीन सापकोटाले बताए । पहाडी पाखाको यात्रा, यात्रामा देखिने मनोरम दृश्यले आगन्तुकलाई आकर्षित गर्ने उनको भनाइ छ । एक साँझ पोखरी क्षेत्रमा रहेको घरबास (होमस्टे)मा बास बसेर मगर समुदायको स्थानीय परिकार, संस्कृतिको अवलोकन गर्न सकिने उनले बताए ।

पूर्व–पश्चिम राजमार्गको दलदलेबाट करिब २० किलोमिटर उत्तर लागेपछि पोखरी पुगिन्छ । त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पोखरी क्षेत्रमा खाने, बस्ने सुविधासहिका होटल सञ्चालनमा छन् । यहाँ घरबासको सुविधासमेत छ । कोही दलदलेबाट मुण्डे–कीर्तिपुरहुँदै देवचुलीडाँडा चढ्ने गर्दछन् । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुलीडाँडा पुग्न सकिन्छ ।

देवचुलीडाँडा जाने अधिकांश पोखरीहुँदै जाने देवचुली–६ का वडाध्यक्ष सोतीले बताए । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले अधिकांशले यही मार्ग प्रयोग गर्ने उनको भनाइ छ । “यो मार्ग भएर जानेहरू अघिल्लो साँझ बोझा पोखरी पुग्ने गर्दछन् । यहाँ घरबाससमेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहान पैदलयात्रामा निस्कने गर्दछन् । पदयात्राका क्रममा बीचमा केही होटलहरू पनि छन्”, उनले भने ।

देवचुली डाँडामा प्राकृतिक गुफा, तीन कन्यामाईको मन्दिर, भ्यू टावरलगायत संरचना निर्माण गरिएको वडाध्यक्ष सोतीले जानकारी दिए । परापूर्वकालमा यहाँ पाँच पाण्डव गुप्तबास बसेका किंबदन्तीसमेत रहेको उनले बताए । थारु समुदायले प्रत्येक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । यहाँ पूजा गर्नाले आफ्नो कूलमा सुख, सम्वृद्धि प्राप्त हुने जनविश्वास थारु समुदायमा छ ।

पछिल्लो समयमा यो क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको वडाध्यक्ष सोतीले बताए । अहिले विभिन्न ठाउँबाट यहाँ आउने आन्तरिक पर्यटक बढेका भन्दै दैनिक ३० जनासम्मले डाँडा चढ्ने गरेका उनले जानकारी दिए ।

देवचुलीडाँडा पदयात्राको गन्तव्य बन्दै जाँदा पोखरी, कुमसोत, कीर्तिपुर क्षेत्रमा चहलपहल बढेको उनले बताए । यस क्षेत्रमा थप पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटन प्रवद्र्धनका माध्यमबाट स्थानीयको आयआर्जन बढाउने योजनामा नगर र वडा कार्यालय रहेको उनले उल्लेख गरे । रासस

वि.सं.२०८२ कात्तिक १६ आइतवार १६:५२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...