मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ अवसर हात लाग्नेछ । मिहिनेतको फल पाउँदै आत्मविश्वास बढ्नेछ । परिवार र प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ हुनेछ । रोकिएका काम बन्नेछन् र शुभ समाचार सुन्न पाइनेछ । आर्थिक पक्ष सुदृढ बन्ने सम्भावना छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक जिम्मेवारीले व्यस्तता बढ्नेछ । केही खर्च भए पनि मनमा सन्तुष्टि मिल्नेछ । मित्र र आफन्तको सहयोगले अप्ठ्यारा काम सजिलै सुल्झनेछन् । धैर्यले काम गर्दा सफलता नजिक हुनेछ । यात्रामा सावधानी अपनाउनु राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज कामको प्रशंसा हुनेछ र पद प्रतिष्ठा बढ्ने सम्भावना छ । अध्ययन, व्यवसाय र सिर्जनात्मक क्षेत्रमा उन्नति हुनेछ । नयाँ विचारले लाभ दिलाउनेछ । प्रेम सम्बन्धमा विश्वास बढ्नेछ । स्वास्थ्य सामान्य रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कसैको सुझावमा गरिएको काम सफल हुनेछ । दाम, मान र सम्मान प्राप्त हुने योग छ । व्यापारमा राम्रो लाभ मिल्नेछ । घरपरिवारमा खुसीको वातावरण रहनेछ । तर, अनावश्यक विवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मेहनतको राम्रो फल पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ काम सुरु गर्न शुभ समय छ । अध्ययन वा पेशामा नयाँ उपलब्धि हासिल गर्न सकिनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज अरूको विश्वास जित्ने मौका पाइनेछ । साना विवाद समाधान भई सम्बन्धमा सुधार आउनेछ । आर्थिक पक्षमा स्थिरता आउनेछ । निर्णयहरू सोचविचार गरेर लिनुहोस्, छोटो समयमै फाइदा मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरै दिनदेखि रोकिएको काम बन्ने सम्भावना छ । प्रेम र सम्बन्धमा सहजता आउनेछ । व्यापारिक क्षेत्रमा नयाँ योजना सफल हुनेछन् । परिवारमा सन्तान पक्षबाट खुसीका समाचार पाइनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मानसिक शान्ति र आत्मसन्तुष्टि बढ्नेछ । नयाँ जिम्मेवारीको सुरुवात हुनेछ । मिहिनेतले सफलताको बाटो खोल्नेछ । कुनै शुभ कार्यमा सहभागिता जनाउने अवसर मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूको साथले रोकिएका काम बन्नेछन् । यात्राबाट फाइदा हुने सम्भावना छ । समाजमा आदर र सम्मान बढ्नेछ । आर्थिक लाभको अवसर आउन सक्छ । मनमा नयाँ योजना पलाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज आत्मबल र हौसला बढ्नेछ । चुनौतीका बीच पनि काम सफल हुनेछन् । दाम, मान र प्रतिष्ठा बढ्नेछ । दाम्पत्य सम्बन्धमा समझदारी कायम हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा निरन्तरता दिनेहरूका लागि फलदायी समय छ । लगानी तथा व्यापारिक योजनाबाट लाभ पाइनेछ । परिवारमा शान्ति र खुसी रहनेछ । पुराना समस्या समाधान हुँदै जानेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कार्य थालनीका लागि शुभ दिन छ । सामाजिक तथा पारिवारिक क्षेत्रमा प्रशंसा पाउने सम्भावना छ । मित्र वा प्रियजनसँगको सम्बन्ध मजबुत हुनेछ । रोकिएका अवसर फेरि आउन सक्छन् ।
२०७९ कार्तिक १७ गते, साेमबार, ३ नोभेम्बर २०२५
तिथि : कार्तिक शुक्लपक्ष नवमी
नक्षत्र : श्रवण
चन्द्रराशी : मकर
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
वि.सं.२०८२ कात्तिक १७ सोमवार ०७:०१ मा प्रकाशित






























