back
CTIZAN AD

आज बुधबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक १९ बुधवार

810 

shares

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन उर्जाशील र सफल रहनेछ । रोकिएका काम बन्नेछन् र नयाँ अवसर प्राप्त हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । आत्मबल र हौसला बढ्नेछ । प्रियजनसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना र प्रयास सफल हुनेछन् । व्यापारमा नाफा बढ्नेछ । पारिवारिक सहयोगले मनमा उत्साह बढाउनेछ । मिहिनेतको उचित मूल्य पाउने समय छ । स्वास्थ्य राम्रो रहनेछ तर खानपानमा सावधानी अपनाउनुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन तथा पदको दृष्टिले लाभदायी समय छ । अध्ययनमा मन जानेछ । साना प्रयासबाट ठूलो उपलब्धि मिल्ने संकेत छन् । सहयोगी र साथीहरूबाट सहयोग पाइनेछ । आत्मविश्वासले सबै कठिनाइ पार गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजकाे दिन पारिवारिक र सामाजिक दृष्टिले शुभ रहनेछ । मान–प्रतिष्ठा बढ्नेछ । नयाँ योजना थाल्ने अवसर मिल्नेछ । व्यापारमा पनि फाइदा हुनेछ । आफन्तसँगको भेटघाट लाभदायी बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतका साथ अघि बढ्दा सफलता सुनिश्चित हुनेछ । यात्राबाट लाभ प्राप्त हुन सक्छ । परिवारमा मेलमिलाप र सद्भाव बढ्नेछ । साना विवाद मेटिनेछन् । नयाँ योजनाले भविष्यमा फाइदा दिलाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्ने छन् । व्यापारमा वृद्धि हुनेछ । आत्मबल र हिम्मतले चुनौती पार गर्न सकिनेछ । साथीभाइको सहयोग पाइनेछ । आर्थिक पक्ष मजबुत बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कार्यस्थलमा सम्मान र विश्वास बढ्नेछ । अध्ययन र व्यापारमा प्रगति हुनेछ । परिवारमा सुख शान्ति रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक पक्ष बलियो बन्नेछ । पद प्रतिष्ठा र मान सम्मान प्राप्त हुने योग छ । मिहिनेत र लगनले सफलता दिलाउनेछ । प्रेम र दाम्पत्य सम्बन्धमा आत्मियता बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन शुभ र फलदायी हुनेछ । यात्रा र भेटघाट लाभदायी बन्नेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । नयाँ योजनाको शुभारम्भ गर्न सकिनेछ । परिवार र मित्रहरूको साथले हौसला मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा सफलता प्राप्त हुनेछ । आर्थिक लाभका अवसर प्राप्त हुनेछन् । परिवारमा सुखद समाचार सुन्न पाइनेछ । मिहिनेतको प्रतिफल राम्रो हुनेछ । आत्मबल उच्च रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा सुधार आउनेछ । मित्रको सहयोगले कार्य पूरा गर्न सजिलो हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । नयाँ अवसर र सम्भावनाले मन उत्साहित बन्नेछ । यात्रा लाभदायी बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन सृजनात्मक कार्यका लागि अनुकूल छ । रोकिएका कामहरू बन्ने छन् । आर्थिक पक्ष सुदृढ बन्नेछ । पारिवारिक मेलमिलाप र सामञ्जस्यता बढ्नेछ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ ।

२०८२ कार्तिक १९ गते, बुधबार, ५ नोभेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:०७ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...