back
CTIZAN AD

१० खेलसम्म पुग्यो स्पेनको अपराजित यात्रा

वि.सं.२०७४ जेठ २९ सोमवार

750 

shares

spain

२९ जेठ, काठमाडौँ । विश्वकप छनोट खेलमा स्पेनले जित हात पारेको छ । हिजो राति भएको खेलमा स्पेनले मेसिडोनियालाई २ १ गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा डेभिड सिल्भा र डिएगो कोष्टाले एक एक गोल गरे सिल्भाले रियल म्याड्रिडका स्टार इस्कोको उत्कृष्ट क्रसमा बललाई जाली चुमाएका थिए । सिल्भाले निरन्तर ४ खेल देखि स्पेनको   जर्सीबाट  गोल  गरिरहेका  छन् ।    यसै  गरि मेसिडोनियाका रिस्तोस्बकीले एक गोल एक गोल फकाएका थिए ।

जुलेन लोपेटिगुईको प्रशिक्षणमा रहेको स्पेन विगत १० खेल देखि अपराजित रहेको छ । जित सँगै स्पेन समुह जी को शीर्ष स्थानमा कायम रहेको छ । स्पेनको दोस्रो स्थानको इटलीसँग समान १२ अंक भएतापनि स्पेन गोल अन्तरको आधारमा समुहको शीर्ष स्थानमा रहेको हो ।

वि.सं.२०७४ जेठ २९ सोमवार ०७:२३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...