back
CTIZAN AD

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

वि.सं.२०८२ कात्तिक २४ सोमवार

702 

shares

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजको ग्राजुयसन सम्पन्न भएको हो ।

कलेजको पार्टनर विश्वविद्यालय लिड्स बेकेट युनिभर्सिटी (एलबीयू), द युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्ड (यूडब्लुई) र किल युनिभर्सिटीका ग्राजुयटहरुलाई कलेजले सम्मान गरेको हो । कलेजले स्नातक तथा स्नातकोत्तर कार्यक्रम र ब्रिटिस मोडेल कलेजका १२५ विद्यार्थीहरु गरि ६३९ विद्यार्थीहरुलाई सम्मानित गर्दै ग्राजुयटहरुको संख्यामा रेकर्ड कायम गरेको छ ।

ग्राजुयसन कार्यक्रम दुई शत्रमा सम्पन्न भएको थियो । बिहानको शत्रमा स्कुल अफ विजनेशबाट बीबीए, एमबीए, एचबीएम र ईएमबीएका विद्यार्थीहरु दिक्षित भएका थिए भने दिउँसोको शत्रमा स्कुल अफ आइटीबाट बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) साइबार सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स, एमएससी आईटी र एडभान्स कम्प्युटर साइन्सका विद्यार्थीहरु दिक्षित भए ।

त्यस्तै, क्याम्ब्रिज ए–लेभलका विद्यार्थीहरुलाई पनि दिक्षित गरिएको छ । ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेलले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो । त्यसपछि उपस्थित पाहुना, अभिभावक तथा विद्यार्थीहरुमाझ स्वागत मन्तब्य राख्दै सीईओ कँडेलले शैक्षिक सफलता प्राप्त गर्ने सबैलाई बधाई दिए ।

‘यो समारोह केवल शैक्षिक सफलताको मात्रै होइन दृढ संकल्प र ग्लोबल एजुकेशनको समायोजनबाट के हासिल गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ सीईओ कँडेलले भने, ‘हाम्रा ग्राजुयटहरु विश्वमा आत्मविश्वासी, सक्षम र करुणामय नेतृत्वकर्ताको रुपमा अगाडि बढ्दैछ र यसले स्वदेश तथा विदेशमा सकारात्मक प्रभाव पार्नेछ ।’

ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डिक्लान पी. ब्याननले पनि विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे । समारोहमा नेपालका लागि बेलायतका डेप्युटी राजदूत डा. ल्यूक बोमोन्ट, डोल्मा फन्ड म्यानेजमेन्टका सीईओ, टिम गोचर, कलेजका सल्लाहकारहरु माइकल रुटल्याण्ड, पाउल क्लिभ्स र जोन पार्क, लिड्स बेकेट युनिभर्सिटीका वरिष्ठ प्रध्यापक डेभ चेस्ली लगायतले पनि समारोहलाई सम्बोधन गरे ।

कार्यक्रमको समापन कलेजका कार्य कारी निर्देशक महेन्द्र राज कँडेलले गरे । शैक्षिक क्षेत्रमा परिचित ब्रिटिस कलेज हरेक ग्राजुयटहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुकोे भविष्यको प्रयासहरुमा सफलताको कामना गर्दछ ।

वि.सं.२०८२ कात्तिक २४ सोमवार ११:३७ मा प्रकाशित

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण...

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र...

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...