back
CTIZAN AD

बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

402 

shares

काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका प्रहरी कार्यालय बनेपाबाट फरार पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते उक्त कार्यालयमा भएको तोडफोडका क्रममा हिरासतबाट भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसबेला हिरासतबाट भागेका १२ मध्ये पाँच जनालाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेमा अभद्र व्यवहारमा मुद्दा दर्ता भएका पनौती नगरपालिका–४ का २८ वर्षीय सरोज पोडे, सोही मुद्दाका पनौती नपा–९ का ३३ वर्षीय उत्तमबहादुर तिमल्सिना र रोशी गाउँपालिका–९ का ४६ वर्षीय नरबहादुर लुङ्गेली रहेका छन् । पोडेलाई पनौती नपा–७ बाट, तिमल्सिनालाई पनौती नपा–७ बाट र लुङ्गेलीलाई रोशी–९ बाट पक्राउ गरिएको हो ।

त्यसैगरी, जबर्जस्ती करणीमा मुद्दा चलाइएका खोटाङको जन्तेढुङ्गा गापा–६ का २३ वर्षीय प्रविन मगर र सवारी अङ्गभङ्गमा हिरासतमा रही फरार रहेका रोशी गापा–१ का ३२ वर्षीय भीमबहादुर सुनारलाई पक्राउ गरिएको जनाइएको छ । मगरलाई उनकै घरबाट र सुनारलाई बनेपा नपा–८ बाट पक्राउ गरिएको विष्टले जानकारी दिए । उनीहरूलाई सोमबार पक्राउ गरी पुनः हिरासत पठाइएको र उनीहरूको मुद्दाबारे थप अनुसन्धान भइरहेको बताए ।

यसअघि जेनजी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न सात जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । धउनका अनुसार कार्यालयमा छवटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको हो ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ जनालाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो । यसअघि जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ ।

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १०:११ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...