back
CTIZAN AD

कागारबाट छुटेकै दिन कुटपिट गरी पतिद्वाराको पत्नी हत्या

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

546 

shares

पर्वत । यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् । कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।

कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । उनीलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।

अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उनका तीन छोरा रोजगारीका लागि विदेशमा छन्भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १०:१८ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...