back
CTIZAN AD

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

वि.सं.२०८२ कात्तिक २५ मंगलवार

486 

shares

काठमाडाैँ । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि. ले श्रीजना मोटर्ससँग सहकार्य गर्दै इटहरीमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि हो। साथै यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, श्रीजना मोटर्सका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीका साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

इटहरीको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेंग र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्नेछ। ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली
व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ। इटहरी शोरूम उद्घाटनसँगै, एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको छ।

इटहरीमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २४ देखि २६ गतेसम्म इटहरी, राजस्व ढाँटमा अवस्थित श्रीजना मोटर्समा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ। यस अवधिमा, ग्राहकहरूले नामी नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन्।

यस कार्यक्रममा नामी 01 विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस 3 अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुनेछ। ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउनेछन्।

वि.सं.२०८२ कात्तिक २५ मंगलवार १३:४२ मा प्रकाशित

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौँ । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार...

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

किन्ने होइन त अब विदेशी ब्राण्डाका प्रोडक्ट्स ईयुमा डट कमबाट ?

काठमाडौँँ । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...