back
CTIZAN AD

मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार

861 

shares

नारायणगढ (चितवन) । विश्वभर महामारीका रूपमा फैलिएको मधुमेह नियन्त्रणका लागि कार्यस्थलमा जागरुकता र सुविधा आवश्यक रहेको चिकित्सले बताएका छन् ।

भरतपुर अस्पतालका इन्डोक्रिनोलोजी विभागका वरिष्ठ विशेषज्ञ डा कल्याण सापकोटाले विश्व मधुमेह दिवसका अवसरमा कार्यस्थलमा मधुमेहसम्बन्धी चेतना बढाउन विशेष ध्यान दिनुपर्ने बताए । डा सापकोटाका अनुसार मधुमेह जोसुकैलाई लाग्न सक्छ र यसलाई व्यक्तिगत जीवनशैली सुधारेर नियन्त्रण गर्न सकिन्छ । अस्वस्थकर खानपान, निष्क्रिय जीवनशैली र उच्च तौलले रोगको जोखिम बढाउने हुँदा यी पक्षमा ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

विशेषगरी कार्यस्थलमा खानपान असन्तुलित वा अनियमित हुँदा मधुमेहको जोखिम बढ्ने भएकाले कर्मचारी तथा कामदारको स्वास्थ्य कायम राख्न खानपान र जीवनशैलीको सन्तुलन अत्यावश्यक हुने डा सापकोटाले बताए । उनले मधुमेह नियन्त्रणका लागि पौष्टिक आहारको सेवन आवश्यक रहेको उल्लेख गर्दै, सुगर नबढ्ने र कम कार्बोहाइड्रेट भएका खाना रोज्न, बढी घीउ–तेल र फ्राई नगर्न, साथै धूम्रपान र मद्यपानबाट टाढा रहनुपर्नेमा जोड दिनुभयो । यी उपायले मधुमेह नियन्त्रणमा राख्न सहयोग पुग्ने उनको भनाइ छ ।

यस वर्षको विश्व मधुमेह दिवसको नाराअनुसार कार्यस्थलमा मधुमेह र स्वास्थ्यसम्बन्धी जागरुकता बढाउन स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउनु आवश्यक छ । मधुमेह भएका कर्मचारीलाई नियमित रूपमा जाँच र परामर्श दिइनुपर्ने भएकाले लामो समय काम गर्ने कर्मचारीलाई बीचबीचमा ब्रेक लिन, हल्का हिँड्न वा सरल व्यायाम गर्न सुविधा मिलाउनुपर्ने डा सापकोटाले जोड दिए ।

डा सापकोटाले स्वस्थ खानपानको महत्वमा जोड दिँदै भन्नुभयो,, “के खाइन्छ र कसरी खाइन्छ भन्ने कुरा स्वास्थ्यमा ठूलो भूमिका खेल्छ । पेट भर्ने मात्र होइन, शरीरलाई आवश्यक ऊर्जा र पोषण दिने खानाको मात्रा, गुणस्तर र सन्तुलन कायम गर्नुपर्छ”, उनले भने, “कामअनुसार खानपान मिलाउनु जरुरी छ । कसरत गर्ने वा टेबलमा बस्ने कर्मचारीको खानाको प्रकार फरक हुनुपर्छ । शरीरलाई आवश्यक ऊर्जाअनुसार क्यालोरी, प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन मिलाएर खाना आवश्यक हुन्छ ।”

विश्व स्वास्थ्य सङ्गठन र अन्तरराष्ट्रिय मधुमेह समाजले विश्व मधुमेह दिवस प्रत्येक वर्ष मनाउने गरेका छन् । यस वर्ष पनि कार्यस्थलमा मधुमेह र स्वास्थ्यको विषयमा विशेष ‘फोकस’ गर्दै दिवस मनाइएको छ ।

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १५:५३ मा प्रकाशित

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

सप्तरीकी सबैभन्दा कान्छी अन्तर्राष्ट्रिय प्रामाणित बाल योग प्रशिक्षक जेसीसकी दिवेन्शाद्वारा योग शिविर

काठमाडौँ । चन्द्रागिरीको काखमा अवस्थित जेसीस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

हृदयको जटिल शल्यक्रियापछि नयाँ जीवनतर्फको यात्रा

जीवन कहिलेकाहीँ कुनै पूर्वसूचना नदिई अत्यन्तै कठोर प्रश्न सोध्छ। हामी...