back
CTIZAN AD

सुनसरीका १३ विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम,

वि.सं.२०८२ मंसिर ५ शुक्रवार

510 

shares

धरान (सुनसरी) । खेलकुदमार्फत बालबालिकाको समग्र विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरीका १३ वटा विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम सुरु गरिएको छ ।

कोशी प्रदेश फुटबल सङ्घ र सुनसरी जिल्ला फुटबल सङ्घको आयोजनामा तथा अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) र युनेस्कोको सहयोगमा सञ्चालन भएको कार्यक्रम आजदेखि जिल्लाका विभिन्न विद्यालयमा सुरु गरिएको हो ।

आज यहाँ धरान उपमहानगरपालिका–१७ स्थित नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमी रङ्गशालामा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङले कार्यक्रम शुभारम्भ गर्नुभएको हो । उनले चारदेखि १४ वर्ष उमेर समूहका बालबालिकामा फुटबलको पहुँच बिस्तार गर्ने उद्देश्यसहित कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए ।

अध्यक्ष नेम्वाङका अनुसार ‘फुटबल फर स्कुल्स’ कार्यक्रम देशभरका ७७ जिल्लाका एक हजार ७२ विद्यालयमा सञ्चालन गरिनेछ । कार्यक्रमअन्तर्गत ३२ हजार ६४० वटा फुटबलसमेत वितरण गरिने उनले जानकारी दिए । सुनसरीमा विभिन्न स्थानीय तहका १३ विद्यालय चयन गरी कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

समूहमा खेलिने फुटबलजस्ता कार्यक्रमले बालबालिकामा शारीरिक स्फूर्ति, मानसिक धैर्यता, समूहगत समन्वय, नेतृत्व क्षमतादेखि निर्णय गर्ने कौशल विकास गर्ने अपेक्षा गरिएको छ ।

वि.सं.२०८२ मंसिर ५ शुक्रवार १५:४६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...