back
CTIZAN AD

आज मंगलबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर ९ मंगलवार

702 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज ऊर्जा र हिम्मतको दिन रहेको छ । पुराना अवरोध हट्दै जानेछन् । परिवार र साथीबाट सहयोग मिल्नेछ । आर्थिक कामहरूमा सुधार हुनेछ, तर खर्चमा संयम अपनाउनु उपयुक्त हुन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षमतामा विश्वास बढ्ने समय हो । अपेक्षित कामहरू पूरा गर्ने अवसर आउनेछ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । स्वास्थ्यमा सामान्य सुधार देखापर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक क्षमताले राम्रो परिणाम दिनेछ । अध्ययन, व्यापार वा लेखनक्षेत्रमा प्रगति हुनेछ । नयाँ योजना बनाउने र पुराना योजना विस्तार गर्ने समय छ । मित्रताको वाता‍वरण मधुर रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक हिसाबकिताब मिल्नेछ । बिछोडिएका साथी वा आफन्तसँग भेट हुन सक्छ । आज मन केही भावुक भए पनि काममा ध्यान केन्द्रित गर्न सके राम्रो उपलब्धि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भाग्यबल मजबुत हुने दिन । प्रतिष्ठा, सम्मान र प्रभाव बढ्नेछ । नेतृत्व क्षमता देखिनेछ, र तपाईंका निर्णयको प्रशंसा हुनेछ । प्रेम सम्बन्धमा मधुरता रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा केही चुनौती आए पनि धैर्यले सबै व्यवस्थित हुनेछ । नयाँ अवसरले उत्साह बढाउनेछ । पारिवारिक सद्भाव रहनेछ । स्वास्थ्यतर्फ सामान्य सावधानी अपनाउनु राम्रो हुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्पर्क र परिचय विस्तार हुने समय । सामाजिक काममा सक्रियता बढ्नेछ । आर्थिक लाभको संकेत देखिन्छ । मानसिक सन्तुलन राम्रो रहनेछ, परिवारमा खुसीको माहोल छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन लाभका सम्भावना राम्रो छन् । रोकिएका काम पूरा हुनेछन् । आध्यात्मिक वा धार्मिक रुचि बढ्न सक्छ । आत्मविश्वास र कार्यक्षमता बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आज यात्राको योग छ, जसले फाइदा दिलाउन सक्छ । सहकर्मी वा साथीबाट सहयोग प्राप्त हुनेछ । तपाईँका योजनाले राम्रो परिणाम दिनेछ । परिवारबाट हौसला मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा प्राप्त अनुभवले नयाँ दिशा दिनेछ । जिम्मेवारी बढे पनि आत्मविश्वासले सब थामिन्छ । आर्थिक अवस्था बलियो बन्दै जानेछ । सम्बन्धमा निकटता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोक्का–ढिलाइमा परेका काम पुनः अघि बढ्नेछन् । साझेदारी वा समूहगत कामबाट लाभ हुनेछ । स्वास्थ्य पनि सामान्य रहनेछ, मन प्रसन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज नयाँ अवसर प्राप्त हुनेछ । परिवारमा खुसी र समर्थन मिल्नेछ । साना लगानी वा योजनाबाट फाइदा हुने सम्भावना छ । व्यक्तित्वमा आकर्षण बढ्नेछ, सम्मान पाउने संकेत ।

मिति : २०८२ मङ्सिर ९ गते, मंगलबार, २५ नोभेम्बर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ मंसिर ९ मंगलवार ०६:४५ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...