back
CTIZAN AD

सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग

वि.सं.२०८२ मंसिर १२ शुक्रवार

492 

shares

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको दुहबी नगरपालिकालाई रु १८ लाख बराबरका कार्यालय सामग्री सहयोग गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक कार्यक्रम आयोजना गरी ११ प्रकारका सामग्री नगरप्रमुख वेदनारायण गच्छदारलाई हस्तान्तरण गरे ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा कार्यालयमा तोडफोड भएको थियो । कार्यालय सञ्चालनका लागि सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

कोशी प्रदेशका ३० पालिकामा रु छ करोड १८ लाख बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत दुहबीबाट आज सुरुवात गरिएको हो । आन्दोलनका क्रममा प्रदेशका ४०१ वडा कार्यालयमा क्षति पुगेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई आएको सहयोग रकमलाई जनताको महत्वपूर्ण सेवा प्रवाह गर्ने कार्यालयहरूलाई वितरण गरिएको बताए ।

सरकारले कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्वीच, औषधि तथा प्लास्टिक कुर्सीसहितका सामग्री प्रदान गरेको हो ।

वि.सं.२०८२ मंसिर १२ शुक्रवार १७:४४ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...