back
CTIZAN AD

जनज्योति माध्यमिक विद्यालयमा विज्ञान सामग्री प्रदर्शनी भव्य रूपमा सम्पन्न

वि.सं.२०८२ मंसिर १४ आइतवार

1.7K 

shares

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१५ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा आयोजित विज्ञान सामग्री प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ बसेलको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ र अभिभावकहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रदर्शनीमा ५० भन्दा बढी स्टलहरू सहभागीतामा थिए। कक्षा ४ र ५ का १० वटा, आधारभूत तह (कक्षा ६–८) का ३० वटा तथा कक्षा ९ देखि १२ सम्मका ११ वटा स्टल सहभागी बनेका थिए। विद्यार्थीहरूले विज्ञानसँग सम्बन्धित नवीन, सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक सामग्री प्रस्तुत गर्दै दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। उनीहरूले आफ्नो परियोजनाको कार्यप्रणाली, उद्देश्य तथा व्यावहारिक उपयोगिता बारे विस्तृत जानकारी प्रदान गरेका थिए।

विद्यालयका प्रधानाध्यापक मिनबहादुर दाहालका अनुसार प्रदर्शनीले विद्यार्थीहरूमा अनुसन्धान गर्ने क्षमता, प्रस्तुतीकरण कौशल, समूहमा कार्य गर्ने सीप तथा व्यावहारिक शिक्षाप्रति रुचि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। अभिभावक तथा सरोकारवालाहरूले विद्यार्थीहरूको सिर्जनात्मकता, सक्रिय सहभागिता र वैज्ञानिक सोचको प्रशंसा गर्दै यस्ता कार्यक्रमले भविष्यका लागि सक्षम र नवप्रवर्तनशील व्यक्तित्व निर्माणमा मद्दत पुग्ने प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको समन्वय विद्यालयका विज्ञान शिक्षक रमेश पौडेलले गरेका थिए। शिक्षक सोम सुवेदीको सहजीकरणमा सञ्चालन गरिएको प्रदर्शनीमा विद्यार्थीहरूले वैज्ञानिक अवधारणामाथि आधारित विभिन्न मोडेल र सामग्रीको प्रस्तुतिकरण समेत गरेका थिए।

वि.सं.२०८२ मंसिर १४ आइतवार ११:५३ मा प्रकाशित

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...