back
CTIZAN AD

एमाले महाधिवेशन प्रतिनिधिः तनहुँ–२ मा सर्वसम्मत

वि.सं.२०८२ मंसिर १४ आइतवार

240 

shares

दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशनका लागि तनहुँ क्षेत्र नं २ बाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार भएको निर्वाचन प्रक्रियाअन्तर्गत क्षेत्र नं २ बाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका हुन् ।

सर्वसम्मत हुनेमा खुल्लातर्फ श्रीप्रसाद श्रेष्ठ, विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, महिलातर्फ बिर्सना श्रेष्ठ, विष्णु अधिकारी र ४० वर्षमुनीका युवामा उज्ज्वल खनाल रहेकोे निर्वाचन प्रबन्ध समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए ।

तनहुँ क्षेत्र नं १ मा भने सहमति हुन नसकेपछि मतदान गरिएको छ । तनहुँ क्षेत्र नं १ तर्फ दुई जना खुल्लामा हरिराज कँडेल, श्रीराम कार्की, रामबहादुर गुरुङ, घनश्याम श्रेष्ठ, पूर्णबहादुर गुरुङ र प्रेमकुमार राना प्रतिस्पर्धामा छन् ।

एकजना युवाका लागि मदन तिमिल्सिना, सोमबहादुर तामाङ र सरु कुमाल प्रतिस्पर्धामा छन् । दुई जना महिलाका लागि मनुमाया श्रेष्ठ, देवु विष्ट, रुपा तामाङ र फूलमति थापा प्रतिस्पर्धामा छन् । मतदान सकिएपछि शनिबार रातिदेखि मतगणना गरिए पनि राति १२ बजेदेखि स्थगित गरिएको छ ।

वि.सं.२०८२ मंसिर १४ आइतवार १६:२६ मा प्रकाशित

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार

काठमाडौँ । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४...

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...