back
CTIZAN AD

व्यवस्थापकको हत्या सहकर्मीबाटै : कारण कामबाट निकालेको रिस

वि.सं.२०८२ मंसिर १४ आइतवार

465 

shares

बारा । बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित किरण वेभरेज नेपाल प्रालिका व्यवस्थापक राम किशोर सिंहको हत्या उनका दुई सहकर्मीबाट भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाराले घटनापछि दुई दिनमै आइतबार विज्ञप्ति जारी गरी घटना विवरण सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार हत्यामा संलग्न व्यक्ति वीरगन्ज–२२ का २१ वर्षीय राजन कुमार राम र ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन्। दुबै जनाले कामबाट हटाइएको रिस तथा पानी बिक्री मूल्यमा गरिँदै आएको अनियमिततासम्बन्धी विवादका कारण हत्या योजना बनाएको अनुसन्धानबाट खुलेको छ।

शुक्रबार साँझ व्यवस्थापक राम किशोर, राजन र प्रमोद सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद चर्किएको थियो।
प्रमोद फ्याक्ट्रीमा चालकका रूपमा कार्यरत थिए भने राजनले गत वर्ष गढीमाई मेलामा गाडी बिग्रिएपछि झगडापछि काम छाडेका थिए। पछि उनले पुनः काम सुरु गरे पनि तोकिएको ११० रुपैयाँको पानीलाई ११५–१२० रुपैयाँमा बेच्दै आएको थाहा पाएपछि व्यवस्थापकसँग पुनः विवाद भएको थियो।

यही विवाद बढ्दै जाँदा दुवैले मिलेर राम किशोर सिंहको हत्या गरेको प्रहरीले जनाएको छ।
घटना भएकै दिन प्रहरीले दुबैलाई नियन्त्रणमा लिएको थियो। उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान जारी छ।

 

वि.सं.२०८२ मंसिर १४ आइतवार १५:५९ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...