back
CTIZAN AD

रेनु दाहालको विशेष पहलपछि नारायणी नदीमाथिको ‘सिग्नेचर पुल’ निर्माण कार्य तीव्र

वि.सं.२०८२ मंसिर १५ सोमवार

2.3K 

shares

भरतपुर । मेयर रेनु दाहालको विशेष पहलपछि चितवनको भरतपुर र नवलपुरलाई जोड्ने नारायणी नदीमाथि निर्माण हुँदै गरेको ‘सिग्नेचर पुल’ अब द्रुत गतिमा अघि बढ्न थालेको छ। करिब १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ लागतमा तुँदी कन्स्ट्रक्सन प्रालिले निर्माण जिम्मा लिएको यो पुल नेपालकै आधुनिक तथा कलात्मक संरचनामध्ये एक मानिनेछ।

२०७८ साल बैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा र भरतपुर महानगरपालिका मेयर रेनु दाहालको उपस्थितिमा शिलान्यास गरिएको यो परियोजना केबल–स्टेट प्रविधिमा आधारित छ। नेपालका लागि नयाँ प्रविधि भएकाले प्रारम्भिक डिजाइन स्वीकृति प्रक्रियामा केही ढिलाइ भए पनि अहिले भने डिजाइन अनुमोदन भइसकेको छ र निर्माणस्थलमा उपकरण, सामग्री तथा जनशक्ति परिचालन गरी काम तीव्र गतिमा अघि बढाइएको महानगरले जनाएको छ।

पुलको कुल लम्बाइ ४२० मिटर रहनेछ भने चौडाइ ११ मिटर हुनेछ। ७.५ मिटरको सवारी लेनसहित ३.५ मिटरको फुटपाथ पनि रहने यस पुलमा २१० मिटरको मुख्य स्प्यान हुनेछ, जसले नारायणी नदीमा साना पानीजहाजहरू समेत सहजै आवतजावत गर्न सक्ने सम्भावना बढाउनेछ।

रातको समयमा आकर्षक बत्तीले झिलिमिली बनाइने योजना रहेको यो ‘सिग्नेचर पुल’ केवल यातायात सुगमता बढाउने संरचना मात्र नभई भरतपुर क्षेत्रको नयाँ पर्यटकीय आकर्षणका रूपमा समेत विकास हुने अपेक्षा गरिएको छ।

पुरानो र जीर्ण पुलको विकल्पका रूपमा निर्माण भइरहेको यस आधुनिक संरचनाले चितवन–नवलपुर यातायात व्यवस्था सहज बनाउनुका साथै नारायणी किनारलाई ‘सी–बिच’ मोडलमा विकसित गर्ने योजनालाई गति प्रदान गर्ने विश्वास लिइएको छ।

वि.सं.२०८२ मंसिर १५ सोमवार १०:५३ मा प्रकाशित

बाढीपीडितको सहयोगमा अखिल क्रान्तिकारी र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल क्रान्तिकारी र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...