back
CTIZAN AD

जनकपुर-ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

414 

shares

धनुषा । मधेस-प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर ६ लेन सडकखण्डका ३ स्थानमा आकासे पुल निर्माण हुँदैछन् ।

पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ३ वटै पुल सडकखण्डका अत्यन्त व्यस्त र जोखिमयुक्त ठाँउ छनोट गरेर करिब १० करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेका छन् । कार्यालयका ई.उज्जवल झाले लक्ष्मीनियाँ गाउँपालिको मुख्य बजार क्षेत्र लक्ष्मीनियाँ बजार, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारको महिला विकास चोक र सखुवा चोकमा पुल निर्माण भइरहेको बताए।

उनले भने, “एक महिनादेखि तीनै स्थानमा पिल्लर निर्माणलगायत आवश्यक आधारभूत संरचना बनाइरहेका छौँ । निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ ।”

इञ्जिनियर झाका अनुसार ३ वटा पुलमध्ये लक्ष्मीनियाँ बजारमा ३ करोड ४२ लाख रुपैयाँ, महेन्द्रनगर बजारस्थित महिला विकास चोकमा ३ करोड ३५ लाख रुपैयाँ र सखुवा चोकमा ३ करोड ४५ लाख रुपैयाँमा बनिरहेका छन् । सबै पुल ५.६ मिटर उचाइ, २९.४ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुनेछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकासेपुल निर्माणपछि जनकपुर–ढल्केबर सडकखण्डमा ट्राफिक व्यवस्थापनमा केही सहज हुने बताए। उनका अनुसार यहाँ दैनिक हजारौँ पैदलयात्रु र सवारीसाधन आवतजावत गर्ने भएकाले दुर्घटनाको जोखिम उच्च आएको छ ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले जनकपुरधाम जाने धार्मिक पर्यटक तथा स्थानीयको धेरै चाप रहने भएकाले पुल निर्माणपछि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए। स्थानीय रोहितराज खनालले आकासे पुल निर्माणपछि अत्यधिक व्यस्त रहने जनकपुर–ढल्केवर सडकखण्डमा ट्राफिक व्यवस्थापन र सहरी सौन्दर्यकरणमा मद्दत पुग्ने बताए।

सडक डिभिजन कार्यालयले चालु आर्थिक वर्षभित्रै पुल निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १४:३० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...