back
CTIZAN AD

आज सोमबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ मंसिर २३ मंगलवार

600 

shares

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुनेछ । लामो समयदेखि रोकिएको काम अघि बढ्ने संकेत छ । सहकर्मी तथा साथीसँगको सहकार्यले जटिल काम पनि सजिलै सम्पन्न हुनेछ । पारिवारिक सहयोगले मन प्रसन्न रहनेछ । आर्थिक रूपमा आम्दानीको बाटो खुल्दै जाने देखिन्छ । अनावश्यक खर्चमा नियन्त्रण गरे भविष्यका लागि राहत हुनेछ । स्वास्थ्य सामान्य रहनेछ, तर थकानबाट जोगिन आराम आवश्यक छ ।

वृष: इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज धैर्य र सोचविचारको आवश्यकता पर्ने दिन हो । काममा अपेक्षाभन्दा ढिलो परिणाम आए पनि अन्ततः लाभ नै हुनेछ । आर्थिक पक्ष सन्तुलित रहनेछ, तर लगानी गर्दा हतार नगर्नुहोला । पारिवारिक कुराकानीले पुराना मतभेद समाधान गर्न सहयोग पुग्नेछ । स्वास्थ्यमा खानपान मिलाउन सके दिन सहज बित्नेछ ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, ह
आज संवाद, लेखन र सिर्जनात्मक काममा सफलता मिल्नेछ । नयाँ चिनजान लाभदायी बन्न सक्छ । व्यापार वा पेशामा नयाँ प्रस्ताव आउन सक्छ । आम्दानी बढ्ने सम्भावना देखिन्छ । साथीभाइसँगको भेटघाटले मन हलुका बनाउनेछ । यात्रा गर्दा सावधानी अपनाउनु उपयुक्त हुन्छ ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज पारिवारिक जिम्मेवारी बढ्नेछ । घरायसी काममा समय खर्च गर्नुपर्ला । कार्यक्षेत्रमा धैर्य राख्न सके काम बिग्रनबाट बच्नेछ । आर्थिक पक्ष सामान्य रहनेछ । भावनात्मक विषयमा निर्णय गर्दा सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्यमा चिसो र थकानबाट जोगिनुहोला ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मानसम्मान र प्रतिष्ठा बढ्ने दिन हो । नेतृत्वदायी भूमिकामा सफलता मिल्ने योग छ । कार्यक्षेत्रमा तपाईंको कामको कदर हुनेछ । आर्थिक लाभको सम्भावना देखिन्छ । पारिवारिक वातावरण सकारात्मक रहनेछ । स्वास्थ्य सबल रहने संकेत छन् ।

कन्या: टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज योजनाबद्ध रूपमा काम गरे राम्रो उपलब्धि मिल्नेछ । सानो कमजोरीले ठूलो असर पार्न सक्छ, त्यसैले सजग रहनुहोला । आर्थिक रूपमा खर्च बढ्न सक्ने देखिन्छ । परिवारका अनुभव र सुझाव उपयोगी बन्नेछन् । स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ ।

तुला: र, रि, रु, रे, रो, ता, ति, तु, ते
आज साझेदारी र सम्बन्धका विषयमा सुधार आउनेछ । काममा सहकार्यको राम्रो फल प्राप्त हुनेछ । आर्थिक रूपमा लाभको संकेत छ । सामाजिक जमघट वा भेटघाटबाट नयाँ अवसर मिल्न सक्छ । प्रेम सम्बन्ध सुदृढ बन्नेछ । स्वास्थ्य सामान्य रहनेछ ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मेहनत अनुसारको प्रतिफल ढिलो भए पनि प्राप्त हुनेछ । कार्यक्षेत्रमा गोपनीयता आवश्यक छ । खर्च बढ्न सक्ने भएकाले आर्थिक योजना बनाएर अघि बढ्नु राम्रो हुन्छ । पारिवारिक विषयमा धैर्य आवश्यक छ । स्वास्थ्यमा तनाव व्यवस्थापन गर्नुहोला ।

धनु: ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आज उत्साह र आशाले भरिएको दिन हुनेछ । नयाँ योजना सुरु गर्न अनुकूल समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । यात्रा वा नयाँ चिनजान लाभदायी बन्नेछ । पारिवारिक सम्बन्ध राम्रो रहनेछ । स्वास्थ्य सबल रहने संकेत छ ।

मकर: भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आज जिम्मेवारी बढ्ने दिन हो । कार्यक्षेत्रमा मेहनतको कदर हुनेछ । आर्थिक रूपमा बचत बढाउने मौका मिल्न सक्छ । पारिवारिक सहयोगले काममा स्थिरता ल्याउनेछ । स्वास्थ्यमा जोर्नी वा ढाडको ख्याल गर्नु उपयुक्त हुन्छ ।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, द
आज नयाँ सोच र योजनाले काममा सुधार ल्याउनेछ । सामाजिक वा सामूहिक काममा सफलता मिल्नेछ । आर्थिक अवस्था सुदृढ बन्दै जाने संकेत छ । मित्रवर्गको सहयोग उपयोगी बन्नेछ । स्वास्थ्य सामान्य रहनेछ ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आज मन भावुक तर सकारात्मक रहनेछ । परोपकार वा धार्मिक गतिविधिमा रुचि बढ्नेछ । काममा शान्त ढंगले अघि बढे राम्रो नतिजा मिल्नेछ । आर्थिक पक्ष मध्यम रहनेछ । परिवारको साथले आत्मसन्तोष मिल्नेछ । स्वास्थ्यका लागि पर्याप्त विश्राम आवश्यक देखिन्छ ।

२०८२ मङ्सिर २३ गते, सोमबार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

वि.सं.२०८२ मंसिर २३ मंगलवार ०७:०२ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...