back
CTIZAN AD

आधुनिक प्रविधिसहित ‘घर निर्माण फेस्ट २०८२’ आउँदै, दुई अर्बकाे कारोबार हुने अपेक्षा

वि.सं.२०८२ मंसिर २३ मंगलवार

714 

shares

काठमाडौं । घर निर्माण फाउण्डेसनले घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करण गर्ने भएको छ । काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गरेर फाउण्डेसनले घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करण गर्ने औपचारीक घोषणा गरेको हाे ।

नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाईमा पुर्याउने उद्देश्यसहित फेस्ट आयोजना गर्न लागिएको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अनुसार घर निर्माण फेस्ट २०८२ को दोस्रो संस्करण आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौकाे भुकुटीमण्डपमा आयोजना हुनेछ ।

नेपालमा निर्माण क्षेत्रकाे व्यवसायीक गतिविधि बढ्दै गए पनि धेरै ब्रान्डहरुले अझै पनि समान रुपमा ब्रान्ड प्रस्तुत गर्न, ग्राहकसँग प्रभावकारी सम्वन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रुपमा प्रदर्शन गर्न विभिन्न चुनौती फैलिरहेको अवस्थामा यिनै कमीकमजोरीलाई सम्बोधन गर्न घर निर्माण फेस्ट २०८२ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

दोस्रो संस्करणाकाे घर निमर्माण फेस्ट साधारण मेला मात्र नभई व्यवसायमुखी, अवलोकन केन्द्रित र परिणाममुखी बनाउने तयारी गरिएको छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा दुई अर्ब बढीकाे आर्थिक कारोबार हुने अपेक्षा राखिएको आयाेजकले जनाएकाे छ ।

घर निर्माण सम्बन्धी यो पटकको प्रदर्शनीमा ४० हजार भन्दाबढी दर्शकले निर्माण सम्वन्धी प्रत्यक्ष रुपमा अवलाेकन गर्ने तथा जानकारी लिने बताइएको छ । यो एक प्रदर्शनी मात्र नभइ कुनैपनि निर्माणजन्य सामग्रीको ब्रान्डिङ, नवप्रवर्तन, गुणस्तरीय निर्माण र व्यवसायिक वृद्धिको साझा मञ्च पनि भएको आयोजकको भनाई छ ।

प्रदर्शनीको क्रममा अबलोकनकर्ताहरुले प्रत्यक्ष रुपमा निःशुल्क इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगका अनुभवी व्यक्तिहरुसंग अन्तक्रिया गर्न पाउनेछन् ।

वि.सं.२०८२ मंसिर २३ मंगलवार १४:०६ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...