back
CTIZAN AD

पाँच कारोबार पछि बढ्यो सेयर बजार

वि.सं.२०८२ मंसिर २३ मंगलवार

540 

shares

काठमाडौँ । लगातार छ कारोबरादेखि घटिरहेको सेयर बजार आज भने झिनो अंकले बढेको छ । आज नेप्से ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा कायम भएको हो ।

आज बजार बढे पनि कारोबार रकम भने घट्ेको छ । मंगलबार ८७ लाख ४२ हजार सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ भने हिजो ४ अर्ब ६१ कारोड बराबरको कारोबार भएको थियो ।

नेप्सेमा सुुचिकृत भएका कम्पनीहरुमा आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ वटा कम्पनीको सेयर मुल्य भने घटेको छ । साथै ११ पटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीको पहिलो सू्चीमा स्वास्तिक लघुवित्त रहेको छ जस्को सेयर मूल्य १० प्रतिशतले नै बढेको छ । त्यस्तै श्रीनगर आर्किटेक र माथिलो मैलुङ खोलाका सेयर मूल्य पनि सकारात्मक सर्किट लेवलको कारोबार भएको छ । आज सबैभन्द बढी मुल्य घट्ने सेयरमा हिमस्टार उर्जा रहेको छ । जस्को मुल्य ३.८८ प्रतिशतले घटको हो ।

१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ९२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

 

 

वि.सं.२०८२ मंसिर २३ मंगलवार १५:२० मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...