back

आज अन्तरराष्ट्रिय पर्वत दिवस

वि.सं.२०८२ मंसिर २५ बिहीवार

135 

shares

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछन् ।

राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् । द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् ।

यसैगरी विश्वको एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या हिमनदीहरूको पग्लेर बनेका ताल फुट्ने सम्भावित जोखिमका कारण अत्यधिक संवेदनशील अवस्थामा छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।

वि.सं.२०८२ मंसिर २५ बिहीवार १०:५० मा प्रकाशित

Himalayan Life AD
नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

नेपाल लाइफको बोनस दर सार्वजनिक: विषम परिस्थितिमा बोनस दर स्थिर राख्न सफल

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको...

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

नेपालले APICTA Awards 2025 मा ऐतिहासिक सफलता : Kataho Digital Address System लाइ दुई विधामा पुरस्कार

काठमाडाैँ । एशिया–प्रशान्त क्षेत्रको सबैभन्दा प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि...

सिरहमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिरहमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेश  । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिवार...

माछापुच्छ्रे बैंक PCAF मा सहभागी, हरित वित्ततर्फ अर्को महत्वपूर्ण कदम

माछापुच्छ्रे बैंक PCAF मा सहभागी, हरित वित्ततर्फ अर्को महत्वपूर्ण कदम

माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन,...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति...