back
CTIZAN AD

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

वि.सं.२०८२ मंसिर २६ शुक्रवार

1.2K 

shares

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका राजनीतिक सक्रियतामा लागेको खुलासा भएपछिबाट अभिभावक र सरोकारवाला स्तब्ध छन् । देवचुली नगरपालिका–१४ प्रगतिनगरकी शिक्षिका कल्पना भण्डारी नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा प्रत्यक्ष सहभागी भएको प्रमाण सार्वजनिक भएको हो ।

जनज्योति नमूना माध्यमिक विद्यालय, देवचुलीमा २०७१ सालमा राहात दरबन्दी शिक्षिकाका रूपमा नियुक्त भएकी भण्डारीले विद्यालयलाई कुनै औपचारिक जानकारी नदिई एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा भाग लिएको पाइएको छ ।

प्रचण्ड नेतृत्वको सरकार रहँदा तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले कुनै शिक्षक–शिक्षिकाले दलको सदस्य भएर राजनैति गर्न नपाउने भन्दै स्पष्ट निर्देशन जारी गरेकी थिइन् । सो निर्देशनपछि थुप्रै शिक्षकले दलको सदस्यता त्यागेपनि केहीले कारबाही झेल्नुपरेको थियो । यही पृष्ठभूमिमा भण्डारीले अहिलेपनि शिक्षक पदमै रहेर राजनीतिक गतिविधि गरेको भेटिनु निर्देशको स्पष्ट उल्लङ्घनको रूपमा हेरिएको छ ।

हालका शिक्षा मन्त्री महावीर पुनले समेत शिक्षकले विद्यालय समयमा राजनीति गर्नु कडाइका साथ निषेधित रहेको भन्दै निर्देशन उल्लङ्घन गर्नेले कारबाही भोग्नुपर्ने बताएका छन् । पुनका अनुसार शिक्षकले विद्यालय समय बाहिर सामान्य राजनीतिक चासो राख्न पाउन सक्छन्, तर प्रत्यक्ष सक्रियतामा उत्रिनु नियमविपरित हो ।

भण्डारीले एमाले महाधिवेशन प्रतिनिधि छनोटमा महिला क्लस्टरबाट प्रतिस्पर्धा गर्दै ८१४ मत ल्याएपनि पराजित हुनुपरेको थियो । पार्टी निर्वाचनमा सहभागी हुन सदस्यता आवश्यक हुने भएकाले उनी सक्रिय राजनीतिमा रहेको तथ्य झनै प्रष्ट भएको छ् ।
निर्वाचनमा हारेपछि उनी पुनः पहिलेकै दरबन्दी अनुसार कक्षामा फर्किएकी छन् । तर उनी एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा देखिएको सक्रियता विद्यालय, शिक्षा नियामावली तथा मन्त्रालयको निर्देशनविपरीत रहेको अभिभावकहरूको आरोप छ ।

शिक्षिका सक्रिय राजनीतिकमा रहेको थाहा पाएपछि अभिभावकहरू चकितभएका छन् । उनीहरूले नियमविपरीत अध्यापन गरिरहेको भन्दै भण्डारीलाई तत्काल निलम्बन गरी छानबिन गर्न माग गरेका छन् । अभिभावकहरूको भनाइ छ, “विद्यालय सिकाइको स्थान हो, राजनीति गर्ने थलो होइन । यसरी खुला राजनीतिमा लाग्ने शिक्षकले विद्यार्थीको शिक्षामा असर पार्छ भन्ने भय बढेको छ ।”

यस घटनाले फेरि एकपटक शिक्षकको राजनीतिक संलग्नता रोक्ने सरकारी नीति र त्यसको कार्यान्वयन कत्तिको प्रभावकारी छ भन्ने प्रश्नलाई उब्जाएको छ ।

 

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १२:१९ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...