back
CTIZAN AD

सिरहमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८२ मंसिर २६ शुक्रवार

750 

shares

मधेश  । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिवार (मङ्सिर २५ गते) सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको थियो।

कार्यक्रममा सहभागीहरूले वास्तविक कृषकलाई बीमाका बारेमा जानकारी नै नभएको, बीमा गर्ने प्रक्रिया झन्झटयुक्त रहेको, बीमा दाबी भुक्तानीमा समस्या देखिएको, कृषि बीमा अभिकर्तामा समस्या रहेको, कृषकसम्म बीमा कम्पनीहरू नपुगेको र स्थानीय तहले बीमालाई सहयोग पुग्ने गरी कार्यक्रम तथा बजेट ल्याउनु आवश्यक रहेको लगायतका धारणा राख्नुभएको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख आर्या रावलले बीमाको परिचय र महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र कृषि तथा पशुपन्छी बीमाको दायरा विस्तारमा सरोकारवालाहरूको भूमिका लगायतका विषयमा प्रस्तुती गर्नुभएको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठ, कृषक, बीऊविजन तथा कृषि व्यवसायी, निर्जीवन बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर र कृषि बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो।

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १६:१४ मा प्रकाशित

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...