back
CTIZAN AD

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

वि.सं.२०८२ मंसिर २६ शुक्रवार

612 

shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ १८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ १० पैसा र बिक्रीदर ९६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५४ पैसा र बिक्रीदर चार रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८० पैसा र बिक्रीदर नौ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १८ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रूपैयाँ ३६ पैसा छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ०७:३७ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...