back

एमालेको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी, ओली अध्यक्षतर्फ अग्रस्थानमा

वि.सं.२०८२ पुस ३ बिहीवार

213 

shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार विभिन्न पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र देखिएको छ ।

अध्यक्ष पदतर्फ केपी शर्मा ओलीले हालसम्म ३३३ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन् ।

महासचिव पदमा शंकर पोखरेलले २४९ मत प्राप्त गर्दा सुरेन्द्र प्रसाद पाण्डेले १९४ मत ल्याएका छन् ।

उपाध्यक्ष पदमा प्रथ्वी सुव्वा गुरुङ ३५६ मतसहित अगाडि देखिएका छन् । त्यसैगरी विष्णु प्रसाद पौडेलले ३४९, रामबहादुर थापा ‘बादल’ले ३०९, गोकर्णराज विष्टले २५६ र रघुजी पन्तले २५३ मत प्राप्त गरेका छन् ।

उपमहासचिव पदतर्फ लेखराज भट्टले २९३ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । उनलाई रघुवीर महासेठ (२६७) र योगेश भट्टराई (२६४) ले पछ्याइरहेका छन् ।

सचिव पदमा छविलाल विश्वकर्मा र महेश बस्नेतले समान ३११–३११ मत प्राप्त गरेका छन् भने पद्मा कुमारी अर्यालले ३०५ र शेरधन राईले ३०० मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ । पूर्ण नतिजासँगै एमालेको नयाँ नेतृत्वको टुंगो लाग्नेछ ।

 

वि.सं.२०८२ पुस ३ बिहीवार ११:४० मा प्रकाशित

Himalayan Life AD
चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

आज आइतबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओली लगायतका नयाँ नेतृत्वलाई बधाइ

पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओली लगायतका नयाँ नेतृत्वलाई बधाइ

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ...

राहुघाट जलविद्युत् आयोजनाको ९० प्रतिशत बढी भौतिक प्रगति

राहुघाट जलविद्युत् आयोजनाको ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी  । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक...