back
CTIZAN AD

भरतपुर महानगर हरियाली अभियानमा अग्रसर, सिक्स लेन र बाइपास सडकमा ६ हजारभन्दा बढी बिरुवा रोपण

वि.सं.२०८२ पुस ३ बिहीवार

2.2K 

shares

भरतपुर  । मध्य नेपालको सुन्दर, समृद्ध तथा सुसंस्कृत शहर भरतपुर महानगरपालिकालाई Green City, Clean City बनाउने लक्ष्यका साथ महानगरले व्यापक हरियाली अभियान सञ्चालन गरिरहेको छ।

अभियानअन्तर्गत महानगरको सिक्स लेन सडकको दायाँ–बायाँ तथा बीचभागमा करिब ६ प्रजातिका ४,००० भन्दा बढी बिरुवा रोपिएका छन्। तीमध्ये केही प्रजातिका बिरुवाहरू अहिले नै ढकमक्क फुलिरहेका छन्। सबै बिरुवाहरू हुर्किएपछि उक्त सडक अझ आकर्षक, रमणीय तथा पर्यावरणमैत्री बन्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, बाइपास रोडमा पनि करिब २,००० बिरुवा रोपिएको छ। फूल फुल्ने मौसममा बाइपास सडक बोगनभिलिया फूलले भरिएर अत्यन्त मनमोहक दृश्य प्रस्तुत गर्ने गर्दछ।

बजार क्षेत्रमा फूल तथा ग्रामीण क्षेत्रमा फलफूल रोप्ने उद्देश्यसहित भरतपुर महानगरका लिङ्क रोड, रिङ रोड तथा अन्य प्रमुख सडकहरूको दायाँ–बायाँ करिब ११,००० बिरुवा रोप्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको महानगरले जनाएको छ।

यसका अतिरिक्त, भरतपुर महानगरपालिकाले आफ्नै पहलमा हरेक वर्ष करिब ८,००० फलफूलका बिरुवा खरिद गरी वडामार्फत नागरिकहरूलाई वितरण गर्दै आएको छ।

भरतपुर महानगरलाई स्वच्छ, सुन्दर र हरियाली शहरका रूपमा विकास गर्ने यस अभियानमा महानगर प्रमुख मेयर रेनु दाहाल स्वयं फिल्डमा खटिएर नेतृत्व प्रदान गरिरहनुभएको छ। उहाँको सक्रिय नेतृत्वका कारण अभियान थप प्रभावकारी बन्दै गएको स्थानीयहरूको भनाइ छ।

वि.सं.२०८२ पुस ३ बिहीवार १२:५८ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...