back
CTIZAN AD

एमाले नयाँ नेतृत्वमा ओली समूहको वर्चस्व, १९ पदाधिकारीमा अधिकांश विजयी

वि.सं.२०८२ पुस ३ बिहीवार

825 

shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार १९ सदस्यीय पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली समूहको स्पष्ट वर्चस्व देखिएको छ।

पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको थियो। दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा भाग लिएकोमा अधिकांश पदमा ओली प्यानलकै उम्मेदवारहरू विजयी भएका छन्। यस परिणामसँगै पार्टीभित्र ओलीको नेतृत्व अझ बलियो बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

अन्तिम मतपरिणामअनुसार पोखरेल प्यानलबाट भने सीमित पदमा मात्र सफलता हात लागेको छ। उपमहासचिव पदमा योगेश भट्टराई र उपाध्यक्ष पदमा गोकर्ण विष्ट मात्रै पोखरेल समूहबाट निर्वाचित भएका छन्। सचिव पदमा भने सबै उम्मेदवार ओली प्यानलकै विजयी भएका छन्।

निर्वाचन प्रक्रियामा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका थिए। शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनले एमालेको आन्तरिक शक्ति सन्तुलन स्पष्ट रूपमा ओली पक्षमा ढल्किएको देखाएको छ। अब औपचारिक घोषणा र सपथ ग्रहणपछि नयाँ नेतृत्वले पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

यस्तो बन्यो एमालेको नयाँ पदाधिकारी टिम

अध्यक्ष

  • केपी शर्मा ओली

उपाध्यक्ष

  • विष्णु पौडेल
  • रामबहादुर थापा
  • पृथ्वीसुब्बा गुरुङ
  • रघुजी पन्त
  • गोकर्ण विष्ट

महासचिव

  • शंकर पोखरेल

उपमहासचिव

  • रघुवीर महासेठ
  • लेखराज भट्ट
  • योगेश भट्टराई

सचिव

  • छविलाल विश्वकर्मा
  • भानुभक्त ढकाल
  • पद्मा अर्याल
  • खगराज अधिकारी
  • यामलाल कँडेल
  • राजन भट्टराई
  • शेरधन राई
  • हिक्मत कार्की
  • महेश बस्नेत

 

वि.सं.२०८२ पुस ३ बिहीवार १४:१५ मा प्रकाशित

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार...