back
CTIZAN AD

लामिछाने धरौटीमा रिहा हुँदै, छुटेपछि सिधै चितवन जाने

वि.सं.२०८२ पुस ४ शुक्रवार

624 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी आज रुपन्देही जाने तयारीमा छन्।

अदालतको आदेशअनुसार धरौटी रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले उनी आजै थुनामुक्त हुने रास्वपा नेताहरूले जनाएका छन्। रुपन्देही पुगेपछि लामिछाने जिल्ला अदालतमा उपस्थित हुनेछन्।

जेलबाट छुटेपछि उनी सिधै चितवन जाने कार्यक्रम रहेको लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए। उनका अनुसार शनिबार चितवनको चौबिसकोटीमा आयोजना हुने कार्यक्रममा लामिछानेले विशेष सम्बोधन गर्नेछन्। त्यसपछि समय मिले शनिबार नै, नत्र आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। सो आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए। सुनुवाइपछि उच्च अदालतको बुटवल इजलासले लामिछानेको भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगोको बैंक ग्यारेन्टी बुझाएर रिहा गर्न आदेश दिएको हो।

 

वि.सं.२०८२ पुस ४ शुक्रवार १५:०१ मा प्रकाशित

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौँ । काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन । बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर (झापा) । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको...

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...