back
CTIZAN AD

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

वि.सं.२०८२ पुस ६ आइतवार

879 

shares

भक्तपुर । भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो ।

परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा दर्ता भएका उल्लेख गरे । उनका अनुसार आठ वटा लागुऔषधसम्बन्धी, चार वटा जबर्जस्ती करणी, दुई वटा मानव बेचबिखनका घटना भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगसम्बन्धी अपराधका घटना बढी देखिएका उनले बताए ।

त्यस्तै, जिल्लामा बैंकिङ कसुरका मुद्दा सबैभन्दा बढी भएका जानकारी दिँदै परिसरका सूचना अधिकारी जवेजुले मङ्सिरमा ७१ वटा आर्थिक अपराधका घटनाअन्तर्गत बैंकिङ कसुरसम्बन्धी ६७ मुद्दा परेका बताए । सार्वजनिक चासो रहेको कर्तव्य ज्यानका दुई वटा मुद्दाको सफल अनुसन्धान गरेको, फैसला कार्यान्वयनबाट ३७ जना पक्राउ गरी रु ३८ लाख १३ हजार ८०० जरिवाना भराएको उनले बताए ।

सूचना अधिकारी जवेजुले निजहरूलाई सात वर्ष छ महिना १६ दिनको कैद सजायको फैसला गरिएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ परेका ४९ मध्ये ३३ वटा मुद्दामा मिलापत्र र १६ वटाको काम बाँकी रहेको जानकारी दिए ।

सूचना अधिकारी जवेजुका अनुसार १८ देखि ४० वर्षसम्मका ३३, ४० देखि ६० वर्षसम्मका निवेदनमा १६ जना पीडित छन् भने पीडकको उमेर समूहका आधारमा तथ्याङ्क विश्लेषण गर्दा १८ देखि ४० वर्षका ३६ जना र ४० देखि ६० वर्षसम्मका २० जना रहेका छन् ।

मङ्सिर महिनामा आठ जना महिला हराएकामध्ये छ जना फेला पारेका छन् भने सात जना पुरुष हराएकामध्ये पाँच जना फेला, ११ जना हराएका बालिकामध्ये सबै फेला पारेका छन् । घरेलु हिंसामा श्रीमान् श्रीमतीको झगडाका २० वटा उजुरी परेकामा हालसम्म ११ वटाको मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

ठाडो उजुरीतर्फ २०१ दर्ता भएकामा १६७ फछ्र्यौट भएका भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका उजुरीको सङ्ख्या ४४ रहेकामा ४० फछ्र्यौट भएको जनाएको हो । लागुऔषधका आठ घटनामा १२ जना पक्राउ परेका जनाउँदै प्रहरी नायब उपरीक्षक जेवेजुले विभिन्न लागुऔषधसमेत बरामद गरिएको बताए । जिल्ला प्रहरी कार्यालय भक्तपुरले मङ्सिरमा पाँच वटा आत्महत्याका घटना भएको पुष्टि गरेको छ ।

वि.सं.२०८२ पुस ६ आइतवार १६:१७ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...