back
CTIZAN AD

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

वि.सं.२०८२ पुस ६ आइतवार

924 

shares

जुम्ला । तातोपानी गाउँपालिकामा हालसम्म रु सात करोड २४ लाख ९० हजार खर्च भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ५३ करोड ५९ लाख ८२ हजारको बजेट विनियोजन भएकामा अहिलेसम्म करिब रु सात करोड २५ लाख मात्र खर्च भएको पालिकाले जनाएको छ ।

सो गाउँपलिकाको १७औँ हिउँदे अधिवेशनका अवसरमा अध्यक्ष नन्दप्रसाद चौलागाईंले प्रक्रियागत झन्झटका कारण पुँजीगततर्फ जम्मा रु पाँच लाख मात्र खर्च भएको जानकारी दिँदै प्रस्तावित योजना तथा कार्यक्रम सञ्चालन भइरहेकाले विकास खर्चतर्फ उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरे ।

हिउँदे गाउँसभाले कार्यालयको कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न पाँच वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड पारित गरेको जानकारी दिँदै अब आवश्यक व्यवस्थासहित बेरुजु फछ्र्यौटलाई आफूले प्राथमिकतामा राखेको बताए ।

गाउँसभाले कानुनी सल्लाहकार, कर्मचारी प्रोत्साहन कोष सञ्चालन, सहुलियत कृषि ऋण लगानी तथा असुली, अपाङ्गता र आकस्मिक प्रसूतिसम्बन्धी कार्यविधि, २०८२ समेत गरी पाँच वटा कार्यविधि पारित गरेको अध्यक्ष चौलागाईंले जानकारी दिए ।

यसैगरी, प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार सार्वजनिक लेखासमितिको प्रगति प्रतिवदेन, २०८२ पारित भएको र चालु आवमा कार्यान्वयन हुनेगरी विनियोजन भएका तर अहिले संशोधन गर्न आवश्यक रहेका २८ वटा योजना तथा कार्यक्रम संशोधन गरिएको छ ।

वि.सं.२०८२ पुस ६ आइतवार १६:२७ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...