back
CTIZAN AD

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा न्यौपाने निर्वाचित

वि.सं.२०८२ पुस ८ मंगलवार

591 

shares

काठमाडौँ । लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा बाल साहित्यकार विजयराज न्यौपाने भएका छन् ।

प्रतिष्ठानको सोमबार साँझ सम्पन्न २४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट साहित्यकार न्यौपानेको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मण थापा, सचिवमा अञ्जना पौडेल खनाल, सहसचिवमा प्रदीपराज अधिकारी र कोषाध्यक्षमा कृष्ण अधिकारी निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा रामप्रसाद घिमिरे, अच्युत रेग्मी, सरला ओझा, वसन्त घिमिरे र खुसीराम डौलिया भएका छन् । एक सदस्यपछि अध्यक्षले चयन गर्नेछन् । विसं २०५३ मा स्थापना भएको उक्त प्रतिष्ठानले प्रतिष्ठानका प्रमुख संरक्षक एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा रु २७ लाखको अक्षयकोष स्थापना गरी बर्सेनि एक वरिष्ठ साहित्यकारलाई रु एक लाखको नगद पुरस्कार प्रदान गर्दै आएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा नेपाली शिक्षा परिषद्का अध्यक्ष साहित्यकार रमा शर्माले लमजुङको मात्र नभई नेपालको साहित्य क्षेत्रको विकासमा मस्र्याङ्दी प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको बताए ।

प्रतिष्ठानका पूर्वअध्यक्ष क्रमशः प्राडा कृष्णबहादुर थापा, डा देवी सुवेदी, डा मुकुन्द पथिक, डा बमबहादुर थापा ‘जीताली’लगायतले समयको मागअनुसार मस्र्याङ्दी प्रतिष्ठानको कार्यक्षेत्र विस्तार गर्दे लैजानुपर्ने बताएका थिए । सोही अवसरमा मस्र्याङ्दी प्रवाह वुलेटिन विमोचन गरिएको थियो ।

वि.सं.२०८२ पुस ८ मंगलवार १२:४९ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...