back
CTIZAN AD

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँः मन्त्री खरेल

वि.सं.२०८२ पुस ११ शुक्रवार

747 

shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरुसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधामन्त्री सुशीला कार्कीले स्वयंले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र परोक्ष रुपमा अघि बढाइरहेका जानकारी दिए । संयोजक दाहालले निर्वाचनको विकल्प नभएको दोहो¥याउँदै तोकिएको मितिमै निर्वाचन हुनुपर्छ भन्नेमा जोड दिएको उनले जानकारी दिए ।

सञ्चारमन्त्री खरेलले भने, “सबै पक्षीय, सर्वदलीय र मुख्य राजनीतिक दलसँग संवाद र भेटघाट भयो । त्यसक्रममा दलको कार्यालय र नेताका घरमा पुगेर दल र नेता विशेषकाबीच वार्ता भएको छ ।” वर्तमान सरकार निर्धारित मितिमै चुनाव गराउन प्रतिबद्ध रहेको जनाउँदै उहाँले सरकारको महत्वपूर्ण कार्य सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै चुनाव गराउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।

सरकारले बाँकी भेटघाट एकल, समूह, युवा, जेनजी प्रतिनिधि र सुरक्षा निकायसँग पनि निरन्तर गरिरहने बताउँदै सञ्चारमन्त्री खरेलले वार्ता र छलफलाई लगातार अघि बढाइरहेको स्पष्ट पारे ।

उनले निर्वाचन आयोग, सुरक्षा निकाय र अरु सरोकारवाला निकाय निर्वाचनमा केन्द्रित भएको अवस्थामा चुनाव सुनिश्चित भएको सन्देश जनतालाई प्रवाह गर्न सञ्चारकर्मीसँग आग्रह गरे ।

सञ्चारमन्त्री खरेलले भने, “प्रमुख तीन दलका शीर्ष नेताहरुले आफूसँगको भेटमा आफूहरु चुनाव विरोधी होइनौँ, चुनाव हुनुपर्छ, चुनाव लोकतन्त्रको पर्याय हो । ताजा जनादेश लिएर जनताबाट अनुमोदित हुने विषय राम्रो र उपयुक्त बाटो हो भनी स्पष्ट धारणा राख्नुभएको छ ।”

नेपाली कांग्रेसकोतर्फबाट चुनावको विकल्प छैन, प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको मुद्दा होइन भनी सभापति शेरबहादुर देउवाले स्पष्टसँग राख्नु भएको जनाउँदै मन्त्री खरेलले नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट पनि निर्वाचनको विकल्प नरहेकाले अबको यात्रा भनेकै चुनाव हो भनी स्पष्ट गरेको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जानुपर्छ तर त्यसका लागि सुरक्षाको वातावरण बनोस् भनी चासो व्यक्त गरेकोे मन्त्री खरेललेको भनाइ थियो । दलहरुबाट व्यक्त भावनाअनुरुप सरकारले चुनावको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारमन्त्री खरेलले भने, “शीर्ष नेताहरुसँगको भेटबाट आशावादी मात्र होइन, फागुन २१ गते चुनाव हुन्छ । सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन् ।”

वि.सं.२०८२ पुस ११ शुक्रवार १६:१९ मा प्रकाशित

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...