back
CTIZAN AD

राष्ट्रिय बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान

वि.सं.२०८२ पुस ११ शुक्रवार

810 

shares

काठमाडौँ । शैली थिएटरको आयोजना र ओजस थियटरको सहकार्यमा १७औँ राष्ट्रिय बालनाटक महोत्सव हुने भएको छ ।

महोत्सवमा सहभागिताका लागि इच्छुक व्यक्ति, सङ्घ, संस्था, नाट्य समूह, विद्यालयलगायतलाई नाटकको स्क्रिप्ट दर्ताका लागि आह्वान गरिएको छ । महोत्सवका निर्देशक नवराज बुढाथोकीले नाटकको स्क्रिप्ट रूसी सदन कमलपोखरी र रातोपुलस्थित शैली थिएटर तथा ओजस थिएटरमा वा इमेलमार्फत यही पुस २० गतेसम्म बुझाइसक्नु पर्नेछ ।

शैली थिएटरका अनुसार महोत्सवका लागि छनोट भएका स्क्रिप्ट यही पुस २५ गते सार्वजनिक गरिनेछ । महोत्सव कमलपोखरीस्थित रुसी सदनमा सञ्चालन हुनेछ ।

नाटक ३० मिनेटदेखि बढीमा ७० मिनेटसम्मको हुनुपर्ने र मञ्चनमा पर्दा अगाडि र पर्दा पछाडि गरी बढीमा १५ जनासम्मको समूह सहभागी हुन पाइने जनाइएको छ । महोत्सवमा उत्कृष्ट नाटकलाई अवार्ड, प्रमाणपत्रसहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

वि.सं.२०८२ पुस ११ शुक्रवार १७:०२ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...