back
CTIZAN AD

भेनेजुएला बमबारी र मादुरो ‘पक्राउ’ प्रकरणमा विभिन्न देशहरूको प्रतिक्रिया

वि.सं.२०८२ पुस २० आइतवार

1.3K 

shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्रका विभिन्न स्थानमा सैन्य आक्रमणको आदेश दिएपछि र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो तथा उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगिएको दाबीपछि अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रतिक्रिया आएको छ ।

ट्रम्पले शनिबार ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर भेनेजुएलाबाट बाहिर लगिएको बताएका थिए भन्ने कुरा विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । द न्युयोर्क टाइम्सका अनुसार युटाह राज्यका अमेरिकी सिनेटर माइक लीले सामाजिक सञ्जालमार्फत विदेशमन्त्री मार्को रुबियोले फोनमार्फत आफूलाई मादुरोलाई अमेरिकी सुरक्षाकर्मीले पक्राउ गरी अमेरिकामा आपराधिक अभियोगमा मुद्दा चलाइने जानकारी दिएको बताएका छन् ।

द न्युयोर्क टाइम्सकै रिपोर्टअनुसार रुबियोले मादुरो नियन्त्रणमा आइसकेपछि भेनेजुएलामा थप कारबाहीको सम्भावना नरहेको बताएका छन् । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भेनेजुएलाका उपराष्ट्रपतिले सरकारलाई राष्ट्रपति मादुरो र उनकी पत्नीको हालको अवस्थाबारे जानकारी नरहेको बताएका छन् । यस घटनापछि विभिन्न देश र क्षेत्रहरूले प्रतिक्रिया दिएका छन् ।

संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघका महासचिव भेनेजुएलामा हालै भएको तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्तित रहेको बताएका छन् । अमेरिकाले गरेको सैन्य कारबाहीले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
भेनेजुएलाको अवस्थासँग अलग्गै हेर्दा पनि यस्ता गतिविधिहरू खतरनाक उदाहरण भएको महासचिवले बताएका छन् । अन्तर्राष्ट्रिय कानुन, विशेषगरी संयुक्त राष्ट्रसंघको चार्टरको पूर्ण सम्मान हुनुपर्नेमा उनले जोड दिएका छन् । अन्तर्राष्ट्रिय कानुनका नियमहरू पालना नभएकोमा गहिरो चिन्ता व्यक्त गरिएको छ ।

महासचिवले भेनेजुएलाका सबै पक्षलाई मानवअधिकार र कानुनको शासनको सम्मान गर्दै समावेशी संवादमा सहभागी हुन आह्वान गरेका छन् ।

बेलायत
बिबिसिका अनुसार बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमणमा बेलायत कुनै पनि रूपमा संलग्न नभएको बताएका छन्

अर्जेन्टिनाः
अर्जेन्टिनाका राष्ट्रपति हाभियर माइलीले मादुरो पक्राउ परेको घटनालाई “स्वतन्त्रताको प्रगति” भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, द न्युयोर्क टाइम्सले जनाएको छ ।

युरोपेली संघ
युरोपेली संघकी परराष्ट्र तथा सुरक्षा नीतिकी उच्च प्रतिनिधि काजा कालासले भेनेजुएलामा भएको पछिल्लो घटनापछि संयमता अपनाउन आग्रह गरेकी छन् । उनले भनेकी छन्, “युरोपेली संघले मादुरोको वैधता नभएको बारम्बार बताउँदै आएको छ र शान्तिपूर्ण रूपान्तरणको पक्षमा छ। सबै परिस्थितिमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरको सम्मान हुनुपर्छ ।”

जर्मनीः
डोयचे वेले अनुसार जर्मनीले भेनेजुएलाको अवस्थालाई गम्भीर चासोका साथ हेरिरहेको जनाएको छ । जर्मन विदेश मन्त्रालयका अनुसार काराकासस्थित दूतावाससँग निरन्तर सम्पर्क भइरहेको छ र संकट व्यवस्थापन टोली बैठक बस्ने तयारीमा छ ।

इटालीः
द गार्डियन अनुसार इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले भेनेजुएलाको अवस्थाबारे विशेषगरी त्यहाँ रहेका इटाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै निगरानी भइरहेको बताएका छन् ।

स्पेनः
अल जजिरा अनुसार स्पेनको विदेश मन्त्रालयले भेनेजुएलामा तनाव कम गर्न, संयमता अपनाउन र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गरेको छ। साथै शान्तिपूर्ण समाधान खोज्न मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको जनाएको छ ।

फ्रान्सः
च्ँक्ष् अनुसार फ्रान्सले अमेरिकी कारबाहीको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय कानुन कमजोर बनाएको र बाहिरबाट कुनै पनि समाधान थोपर्न नसकिने बताएको छ । फ्रान्सका विदेशमन्त्री जाँ–नोएल बारोले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका छन् ।

ब्राजिलः
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भेनेजुएलामा बमबारी र राष्ट्रपति पक्राउ गर्नु अस्वीकार्य सीमा नाघेको बताएका छन्। यसले भेनेजुएलाको सार्वभौमिकतामाथि गम्भीर आघात पु¥याएको र अन्तर्राष्ट्रिय समुदायका लागि खतरनाक उदाहरण बनेको उनको भनाइ छ।

चिलीः
रोयटर्स अनुसार चिलीका राष्ट्रपति गाब्रिएल बोरिचले अमेरिकाको सैन्य कारबाहीप्रति चिन्ता र निन्दा व्यक्त गर्दै भेनेजुएलाको गम्भीर संकटको शान्तिपूर्ण समाधानको माग गरेका छन् । उनले बल प्रयोग निषेध, गैरहस्तक्षेप, विवादको शान्तिपूर्ण समाधान र राज्यको भू–क्षेत्रीय अखण्डता जस्ता अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तप्रति चिली प्रतिबद्ध रहेको पुनः पुष्टि गरेका छन्।

कोलम्बियाः
अल जजिरा अनुसार कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शान्ति, अन्तर्राष्ट्रिय कानुनको सम्मान, जीवन र मानव मर्यादाको संरक्षण कुनै पनि सशस्त्र द्वन्द्वभन्दा माथि हुनुपर्ने बताएका छन् ।

क्युबाः
सिन्ह्वा अनुसार क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले भेनेजुएलामाथि भएको “आपराधिक अमेरिकी आक्रमण” को कडा निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायबाट तत्काल प्रतिक्रिया माग गरेका छन् । उनले ल्याटिन अमेरिका शान्तिको क्षेत्र भए पनि अहिले क्रूर आक्रमणमा परेको र यो भेनेजुएलाका जनतामाथि राज्य आतंकवाद भएको बताएका छन्।

रुसः
द मस्को टाइम्स अनुसार रुसको विदेश मन्त्रालयले मादुरो र उनकी पत्नीलाई अमेरिकी नियन्त्रणबाट तत्काल रिहा गर्न माग गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाले भेनेजुएलामा गरेको आक्रामक कदमका क्रममा राष्ट्रपति र उनकी पत्नीलाई जबर्जस्ती देशबाहिर लगिएको खबरप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। यदि यो सत्य हो भने, यसले एक स्वतन्त्र राष्ट्रको सार्वभौमिकताको गम्भीर उल्लङ्घन गरेको ठहर गरिएको छ।

इरानः
अल जजिरा अनुसार इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले सामाजिक सञ्जालमा लेख्दै शत्रुले झुटा आरोप लगाएर कुनै देश वा सरकारमाथि दबाब दिन खोजेमा त्यसविरुद्ध दृढ रूपमा उभिनुपर्ने बताएका छन्।
इरानको विदेश मन्त्रालयले पनि भेनेजुएलामाथि भएको अमेरिकी सैन्य आक्रमण र देशको राष्ट्रिय सार्वभौमिकता तथा भू–क्षेत्रीय अखण्डताको उल्लङ्घनको कडा निन्दा गरेको छ।

 

वि.सं.२०८२ पुस २० आइतवार १३:०३ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...