back
CTIZAN AD

एकतर्फी प्रेमको पीडामा डुबेको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

वि.सं.२०८२ पुस २० आइतवार

1.2K 

shares

काठमाडौँ । गीतकार श्रीराम राईको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्छालाई भावपूर्ण ढंगले प्रस्तुत गरिएको यो गीत सार्वजनिक भएलगत्तै श्रोतामाझ चर्चामा आएको छ।

गीतमा संगीतकार ओमप्रकाश राईको संगीत तथा गायिका पेमा शेर्पा राईको स्वर रहेको छ। सन्तोष प्रगाढ राईको संगीत संयोजनले गीतलाई थप सशक्त बनाएको छ भने वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।

यसअघि पनि गीतकार श्रीराम राईका थुप्रै गीत रेकर्ड भइसकेका छन्। २०७५ सालमा शिला खनालले राईकै शब्द रहेको ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यसैगरी २०७९ मा मनमा बि राई र २०८१ मा नवराज पराजुलीले ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आएका हुन्। उनी हाल साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ अभियानमार्फत उनी लघुकथाको उन्नयनमा क्रियाशील छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।

गीतकार राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत सम्पादन अनुभव बटुलेका छन्।

नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानको कदरस्वरूप उनले इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव सम्मान (२०८०) तथा गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।

 

वि.सं.२०८२ पुस २० आइतवार ११:५४ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...