back
CTIZAN AD

झापा इनर्जीद्वारा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन

वि.सं.२०८२ पुस २० आइतवार

825 

shares

झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले  ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो ।

शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युत्को व्यावसायिक उत्पादन गर्दै आएको छभने त्यसअघि २०७८ साल मङ्सिर १२ गते प्राधिकरणले इनर्जीसँग विद्युत् खरिद बिक्रीको सम्झौता (पीपीए) गरेको थियो ।

 

बुलुचोकमा २२ बिघा जग्गा खरिद गरेर इनर्जीले परियोजना निर्माण गरेको छ । परियोजनास्थलमा २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित सौर्य विद्युत्लाई एक किलोमिटरको दूरीभित्रै रहेको नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेशनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

झापा इनर्जीले आव २०८०/८१ मा रु पाँच करोड २८ लाख ८४ हजार ७७७ मूल्यबराबरको सौर्य विद्युत् उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको थियो । आव २०८१/८२ मा बिक्री बढेर रु नौ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले बताए ।

 

वि.सं.२०८२ पुस २० आइतवार १०:११ मा प्रकाशित

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...