back
CTIZAN AD

नेफ्स्कून सुर्खेत कार्यालयमा कुटपिट प्रकरण: कर्मचारी आन्दोलित, सेवा बन्द गर्ने चेतावनी

वि.सं.२०८२ पुस २० आइतवार

759 

shares

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को सुर्खेत सदस्य सेवा कार्यालयमा २०८२ साल पौष १८ गते शुक्रबार भएको घटनाप्रति संघ व्यवस्थापन तथा कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ।

संघका सञ्चालक समिति सदस्य वीरबहादुर रावत (भोटे) ले सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारी मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनामाथि कार्यस्थलमै दुर्व्यवहार तथा कुटपिट गरेको घटनाले नेफ्स्कूनमा कार्यरत सम्पूर्ण कर्मचारी असुरक्षित भएको कर्मचारी पक्षको ठहर छ।

उक्त घटनाको विरोधमा नेफ्स्कूनमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले संघ व्यवस्थापनसमक्ष छबुँदे माग प्रस्तुत गरेका छन्। मागपत्रमा घटनाको विधिसम्मत छिनोफानो नभएसम्म सञ्चालक वीरबहादुर रावतलाई तत्काल निलम्बन गरी बर्खास्त गर्नुपर्ने, साथै पीडित कर्मचारीसहित सम्पूर्ण कर्मचारीको जिउधनको सुरक्षा सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, संघमा कार्यरत कर्मचारीहरूले निर्वाध रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न समिति तथा उपसमितिका कार्यकारी भूमिकालाई पूर्ण रूपमा हटाउन, विनियम तथा कार्यविधिमा उल्लेखबाहेकका प्रशासनिक हस्तक्षेप बन्द गर्न माग गरेका छन्। संघका सम्पूर्ण कार्यालयमा रहेका उपसमितिका कार्यकक्ष तत्काल हटाउनुपर्ने मागसमेत अघि सारिएको छ।

कर्मचारीहरूको भनाइमा नेतृत्व तहबाट भएको अमर्यादित व्यवहारले संघको छविमा गम्भीर नकारात्मक असर परेको छ। त्यसैले समिति वा उपसमितिमा रहेका कुनै व्यक्ति वा उनी संलग्न सहकारी संस्था कालोसूचीमा परेको, कारबाहीमा परेको वा कानुनी विवादमा रहेको प्रमाणित भएमा कानुनबमोजिम तत्काल निलम्बन तथा बर्खास्त गर्नुपर्ने माग गरिएको छ।

सुर्खेत घटनाले कर्मचारीहरूको मनोबलमा गम्भीर असर परेको उल्लेख गर्दै मागहरू सम्बोधन नभएसम्म संघका सबै कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा पूर्ण रूपमा बन्द गरिने चेतावनीसमेत दिइएको छ। साथै, माग पूरा नभए चरणबद्ध रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाइएको छ।

उक्त आन्दोलनका कारण सेवा प्रवाहमा अवरोध भई सदस्य संघ–संस्थालाई पर्न सक्ने असुविधाप्रति व्यवस्थापन पक्ष क्षमाप्रार्थी रहेको कर्मचारीहरूले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

 

वि.सं.२०८२ पुस २० आइतवार १४:०८ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...