back
CTIZAN AD

बालिकामाथि करणी गरी हत्या गर्ने अभियुक्त पक्राउ

वि.सं.२०८२ पुस २३ बुधवार

798 

shares

सिरहा । जिल्ला सिरहाको कर्जन्हा नगरपालिकामा घटेको बालिका हत्या घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। मिति २०८२।०८।२२ गते अपराह्न करिब १४:४५ बजे कर्जन्हा नगरपालिका–०२ स्कुल टोलस्थित कमला सिँचाइ नहरबाट करिब १५–२० मिटर उत्तरतर्फको झाडीमा कर्जन्हा नगरपालिका–०१ बाल्टिया बस्ने अन्दाजी १७ वर्षीया बालिकाको मृत शरीर फेला परेको थियो।

उक्त घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्दै नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया तथा इलाका प्रहरी कार्यालय बन्दिपुर, सिरहाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धान पश्चात घटनामा संलग्न व्यक्तिको पहिचान गरेको हो।

अनुसन्धानका क्रममा जिल्ला धनुषा छिरेश्वरनाथ नगरपालिका–०३ बटैया टोल बस्ने ४५ वर्षीय राम बालक चौधरीले बालिकामाथि करणी गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। अभियुक्त चौधरीलाई मिति २०८२।०९।२१ गते पक्राउ गरिएको हो।

पक्राउ परेका अभियुक्तमाथि आवश्यक थप अनुसन्धान कार्य इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाबाट भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

 

वि.सं.२०८२ पुस २३ बुधवार ११:५० मा प्रकाशित

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...