back
CTIZAN AD

माछापुच्छ्रेमा सार्वजनिक सुनवाइ सम्पन्न

वि.सं.२०८२ पुस २५ शुक्रवार

516 

shares

लेखनाथ (कास्की) । यहाँको माछापुच्छे« गाउँपालिकाले बिहीबार सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । उक्त कार्यक्रमका सहभागीले स्थानीय सरकारसँग सम्बन्धित गुनासाहरु राखेका थिए ।

माछापुच्छ्रे–५ रिभानका प्रचण्ड शक्ति गुरुङले सार्वजनिक कार्यक्रममा युवालाई सहभागी नगराउने रोग अझै कायम रहेको गुनासो गरे । स्थानीय केदारनाथ पौडेलले राजनीतिक दलहरुले जनताको हित नगरे पनि सरकारी कर्मचारीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नागरिकले राहत महसुस गर्ने बताए । उनले भने, “सरकारी कार्यालयका कर्मचारीले पनि पहुँचका आधारमा सेवाग्राहीको काम गर्नु भएन ।”

स्थानीय सुरज अधिकारीले पोखरा महानगरपालिकाको खानेपानीको मुहान माछापुच्छे«को मर्दी खोला भएकाले यहाँ शव जलाउँदा खानेपानी संस्थान र स्थानीय सरकारले सरसफाइ र संरक्षणमा ध्यान नदिएको बताए ।

लाहाचोकका गोविन्द्रप्रसाद अधिकारीले नागरिकता, राहदानी, शान्तिसुरक्षामा जिल्ला प्रशासनले सहजीकरण गरिदिन माग गरे । माछापुच्छे« गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सर्वसाधारणको जिज्ञासाबारे जवाफ दिनुभएको थियो । उनले जनतालाई सहज रुपमा सेवा दिने उद्देश्यले कार्यालयले आफ्नो सेवा प्रभावकारी बनाएको बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई नागरिकता एवं राहदानी वितरणमा सहज गर्नुका साथै उनीहरुको शान्तिसुरक्षामा ध्यान दिँदै आएको बताए ।

उक्त अवसरमा स्थानीयका प्रश्नको जवाफ जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, मालपोत कार्यालय, खानेपानी संस्थान, नापी, विद्युत् प्राधिकरण, भौतिक पूर्वाधार, कर कार्यालयलगायतका प्रमुखले जवाफ दिएका थिए ।

वि.सं.२०८२ पुस २५ शुक्रवार १२:४५ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...