back
CTIZAN AD

सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै

वि.सं.२०८२ पुस २५ शुक्रवार

573 

shares

इनरुवा (सुनसरी) । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा तीन हजार ५७८ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

आजदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । सुनसरीमा नेपाल प्रहरीतर्फ तीन हजार १४९ र सशस्त्र प्रहरी बल नेपालतर्फ ४२९ जना गरी कुल तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उनले बताए ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले जिल्लामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको प्रनाउ खड्काले बताए ।

यही पुस २५ शुक्रबारदेखि आगामी माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर ४ वाहिनी इनरुवामा आवेदन दिन सक्ने उहाँले जानकारी दिए ।

सुनसरीमा चार निर्वाचन क्षेत्र छभने पाँच लाख ८० हजार ९४५ जना मतदाता छन् । जिल्लामा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय इनरुवा सुनसरीका प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वि.सं.२०८२ पुस २५ शुक्रवार १५:४१ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...