back
CTIZAN AD

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

वि.सं.२०८२ पुस २७ आइतवार

501 

shares

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या भएको छ । मापदण्डविपरीतका घर, विद्युत्का खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार तथा स्तरोन्नति कार्य प्रभावित भएको सडक आयोजना कार्यालयले जनाएको छ ।

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरले पोखरा अन्तरराष्ट्रिय विमानस्थलका ४२ सहित ५२ विद्युतीय खम्बा सार्न बाँकी रहेको बताउनुभयो । “सडक क्षेत्रभित्र पर्ने खानेपानी पाइप स्थानान्तरणको काम पनि सुस्त गतिमा भइरहेको छ, रुख कटान गरिएका ठाउँमा लिलामी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पोखरा महानगरपालिका–१० सेती पुलको आडमा रहेका मापदण्डविपरीतका तीन घर पनि हटाउन बाँकी छ ।”

नेपाल विद्युत् प्राधिकरणले पोखरा अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा विद्युतीय तार भूमिगत गरिसके पनि खम्बा भने अझै नहटाएको इञ्जिनियर कुँवरले बताए । “कुँडहरदेखि विमानस्थलको प्रवेशद्वारसम्म रहेका विद्युत्का खम्बा नहट्दा सडक निर्माणमा अवरोध सिर्जना भएको छ, खम्बा छिटो हटाउन प्राधिकरण र विमानस्थललाई अनुरोध गरेका छौँ”, उनले बताए ।

पोखरा–१० मा रहेका मगर सङ्घको भवनलगायत मापदण्डविपरीत रहेका संरचना हटाउने निर्णय भइसके पनि कार्यान्वयनमा ढिलाइ भएको इञ्जिनियर कुँवरले बताए । सडकको अधिकार क्षेत्रभित्र पर्ने घरटहारा हटाउँदा आयोजना कार्यालयले क्षतिपूर्ति दिने उनकोे भनाइ छ ।

महानगरपालिकाले तीन वर्षअघि सडक क्षेत्रभित्र पर्ने अनाधिकृत संरचना हटाउने अभियान सुरु गरे पनि कतिपय संरचना नहट्दा सडक निर्माणमा समस्या भएको हो । इञ्जिनियर कुँवरले मापदण्डविपरीतका संरचना चाँडो हटाउन, विद्युत् खम्बा, खानेपानी, कटान गरिएका रुख आदिलाई स्थानान्तरण गर्न सम्बन्धित निकायमा ताकेता गरिएको बताए ।

सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण चालु आवभित्र सक्ने लक्ष्य लिइएकाले मापदण्डविपरीतका संरचना छिटो हटाउनुपर्ने उनको भनाइ छ । उक्त सडकको ठेक्का अवधि तेस्रोपटक थप भई असार १५ गतेसम्म कायम भएको छ । हालसम्म सडकको भौतिक प्रगति ७४ दशमलव ४८ र वित्तिय प्रगति ५५ दशमलव १२ प्रतिशत पुगेको छ ।

इञ्जिनियर कुँवरका अनुसार कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त सडकखण्डमा हालसम्म ३७ दशमलव २२ किमीमा पहिलो तहको र ३३ दशमलव ७९ किमीमा दोस्रो तहको कालोपत्र भइसकेको छ । यस्तै ५९ दशमलव ७५ किमी नाली, १०५ कल्भर्ट र १२ पुल बनिसकेको उनले जानकारी दिए ।

विजयपुर पुल क्षेत्रमा ४८० मिटर दूरीमा एकतर्फी कालोपत्र गर्न बाँकी रहेको उहाँको भनाइ छ । “सडक विस्तार, नाली, कल्भर्ट निर्माणलगायत अधिकांश काम सकिएको छ”, इन्जिनियर कुँवरले भन्नुभयो, “चालु आवभित्र सडक निर्माण सकिन्छ, निर्माण कम्पनीले पनि पछिल्लो समय कामलाई गति दिएको छ ।”

विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको यस खण्डमा निर्माण कम्पनीले समयमा काम नगरेपछि यही पुसमा तेस्रोपटक ठेक्काको म्याद थप भएको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर कुँवरले बताए । पश्चिम खण्डमा पर्ने १३ पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए ।

तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । झण्डै ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । रु सात अर्ब ४० करोडको लागतमा सडक र रु एक अर्ब सात करोडको लागतमा सेती नदीमा ‘सिग्नेचर’ पुल बन्न लागेको हो ।

वि.सं.२०८२ पुस २७ आइतवार १२:३७ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...